ओलीले जंगली रुपमा राज्यसत्ता कब्जा गरे : प्रचण्ड



हाम्रो इकोनोमि

 

विभाजित नेकपाका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधिसभा विघटनसम्मका घटनासम्म आइपुग्दा के-के भयो र आफूहरुको भूमिका के थियो भन्ने बारेमा स्वेतपत्र जारी गर्ने बताएका छन् । आज विहान ललितपुरमा आयोजित पत्रकार सम्मेलनमा प्रचण्डले यसबीचमा किन दुर्घटना भयो भनर स्वेतपत्रको तयारी भइरहेको बताए ।

प्रचण्डले भने, ‘यसबीचमा किन दुर्घटना भयो, यसको श्वेतपत्र जारी गर्दैछौ जनतालाई प्रष्ट पार्न । हामी आत्मसमीक्षा पनि गर्छौं । हामी असक्षम र पलायन भएका होइनौं राष्ट्र निर्माण र लोकतन्त्र रक्षा र सत्यको लडाइँमा छौं। शान्ति प्रक्रियालाई संविधानमा रूपान्तरण गरेका हौं त्यसलाई अवमूल्यन गर्न हुन्न र या पदको लडाईको लागि आन्दोलन हैन भने बुझाउछौं ।’

प्रचण्डले केपी ओलीले राज्यसत्तालाई जंगली रुपमा कब्जा गरेर गुण्डाराज चलाउन थालेको आरोप समेत लगाए । अति भएर मात्रै आम हड्तालमा उत्रिनुपरेको उनले बताए । प्रचण्डले अब आम हड्ताल संयुक्त हुँदै गयो भने जनताले नै गर्ने दावी गरे ।

उनले भने, ‘केपीले राज्यसत्तालाई जंगली रूपमा ‘क्याप्चर’ गरे। संवैधानिक अंगका नियुक्ति र भूमि आयोगको कुराले गुण्डाराज देखियो तुरून्तै प्रतिवाद गर्नुपर्ने भयो र तत्काल आमहड्तालमा गयौ। जनताले साथ दिए ।’ ‘यदि नेकपाभित्र पद पाउने लडाइँ हुन्थ्यो भने यो देशका सबैभन्दा राम्रो ब्रेन यो प्रतिगमन नै हो भनेर आन्दोलनमा छन् । लोकतन्त्रको पक्षमा को छ कति छन् भनेर पो हेर्ने हो मान्छेको टाउको गन्ने होइन,’ प्रचण्डले थपे ।

प्रतिक्रिया दिनुहोस
हुम्लाको दक्षिण क्षेत्रका चार गाउँपालिकामा नुन अभाव

     हुम्लाको दक्षिण क्षेत्रका चार गाउँपालिकाका बासिन्दाले बर्सेनि नुन अभाव झेल्दै आएका...

ओली भेट्न गुन्डु पुगे राष्ट्रपति पौडेल

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली भेट्न राष्ट्रपति रामचन्द्र पौडेल गुन्डु...

इरानसँग चलिरहेको युद्ध चाँडै अन्त्य हुन्छ : ट्रम्प

    अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग चलिरहेको युद्ध चाँडै अन्त्य हुने संकेत...

होर्मुज स्ट्रेट सञ्चालनमा सहयोग नभए नेटोको भविष्य नराम्रो हुनेछ : ट्रम्प

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युरोपेली मुलुकहरूले होर्मुज स्ट्रेट पुन: सञ्चालन लागि...