ओली पक्षीय नेकपाका युवा विद्यार्थीको आज काठमाडौंमा मार्चपास



हाम्रो इकोनोमि

 

आम हड्ताल र आगजनीको विरोध तथा भोलिको जनसभाको तयारीस्वरुप केपी ओली नेतृत्वको नेकपाका युवा विद्यार्थीले आज राजधानी काठमाडौंमा मार्चपास गर्ने भएका छन् । यसअघि बैठकमात्र बस्ने भनिएकोमा आकस्मिक निर्णयअनुसार हिंसात्मक घटनाको विरुद्ध मार्चपास गर्ने निर्णय उनीहरुले गरेका हुन् ।

अनेरास्ववियूका नेता आरसी लामिछानेका अनुसार अपरान्ह २ बजे प्रदर्शनीमार्गबाट शुरु हुने मार्चपास कान्तिपथ हुँदै शहर परिक्रमा गर्नेछ । मार्चपासका सहभागीले एकै प्रकारका पोशाक लगाउनेछन् । उपत्यकाका आठ स्थानबाट युवा विद्यार्थीहरु जम्मा भई मार्चपासमा सहभागी हुने बताइएको छ । बुधवारको मोटरसाइकल र्यालीमा जस्तै ठूलो सहभागिता जुटाउने आन्तरिक तयारीमा अ‍ोली पक्षका युवा विद्यार्थी नेताहरु लागेका छन् ।

यसैबीच ओली पक्षधर अनेरास्ववियूले आम हड्तालका कारण परीक्षामा दिन समस्यामा परेका र अन्य सर्वसाधारणलाई सघाउन मोटरसाइकलसहित स्वयंसेवीहरु खटाएको छ । विभिन्न चोक चोकमा खटिएका उनीहरुको नाम र नम्बर सामाजिक संजालमार्फत सार्वजनिक गरी समस्यामा परेकाहरुले सम्पर्क गर्न भनिएको छ । बिहानैदेखि प्रकाश भुजेल, नविन पन्थि, आदित बोहोरा, सागर भट्टसहित केन्द्रीय सदस्यहरुको नेतृत्वमा स्वयंसेवकले सर्वसाधारण र विद्यार्थीको उद्दार गरिरहेको लामिछानेले बताए ।

प्रतिक्रिया दिनुहोस
हुम्लाको दक्षिण क्षेत्रका चार गाउँपालिकामा नुन अभाव

     हुम्लाको दक्षिण क्षेत्रका चार गाउँपालिकाका बासिन्दाले बर्सेनि नुन अभाव झेल्दै आएका...

ओली भेट्न गुन्डु पुगे राष्ट्रपति पौडेल

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली भेट्न राष्ट्रपति रामचन्द्र पौडेल गुन्डु...

इरानसँग चलिरहेको युद्ध चाँडै अन्त्य हुन्छ : ट्रम्प

    अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग चलिरहेको युद्ध चाँडै अन्त्य हुने संकेत...

होर्मुज स्ट्रेट सञ्चालनमा सहयोग नभए नेटोको भविष्य नराम्रो हुनेछ : ट्रम्प

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युरोपेली मुलुकहरूले होर्मुज स्ट्रेट पुन: सञ्चालन लागि...