ओलीविरुद्ध नारा लगाउँदै प्रचण्ड पनि सडकमा



हाम्रो इकोनोमि

 

आम हड्ताल सफल बनाउन विभाजित नेकपाका अध्यक्ष प्रचण्ड पनि सडकमा निस्केका छन् । बन्दकर्तासँगै प्रदर्शनमा केहीबेर सहभागी भएका प्रचण्डले आन्दोलन सशक्त बनाउन कार्यकर्तालाई निर्देशन दिएका छन् ।

खुमलटारबाट सातदोबाटोमा प्रदर्शनकारीबीच केहीबेर बसेर उनी निस्केका थिए । सो मोर्चाको नेतृत्व देव गुरुङले गरेका छन् । आम हड्ताल सफल बनाउन र पसल ब्यवसाय बन्द गर्न नेता कार्यकर्ता हुल बाँधेर निस्केका छन् ।

प्रदर्शनकारीले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध आक्रामक नाराबाजी गरिरहेका छन् । प्रचण्ड पनि अ‍ोलीविरुद्ध नारा लगाउँदै केहीबेर प्रदर्शनकारीलाई उत्साह थपेर निस्केको ललितपुरका प्रदेशसभा सदस्य राजकाजी महर्जनले बताए ।

प्रतिक्रिया दिनुहोस
प्रधानमन्त्री कार्की र पूर्वराष्ट्रपति भण्डारीबीच भेटघाट

   प्रधानमन्त्री सुशीला कार्की र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीबीच भेटवार्ता भएको छ । भण्डारी...

पोखरा विमानस्थल भ्रष्टाचारमा पाँच पूर्वमन्त्रीलाई मुद्दा

    अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा भएको भ्रष्टाचारसम्बन्धी मुद्दा...

महाधिवेशनको उद्घाटनमा सहभागी हुन पार्टीका सदस्यको घरघरमा पत्र

    नेपाल कम्युनिष्ट पार्टी (एमाले) को यही मङ्सिर २७ गतेदेखि सुरू हुने...

प्रतिनिधिसभाको उम्मेदवारका लागि रास्वपाले २५ हजार लिने

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा...