नेकपा सर्लाही इन्चार्ज डाचाराज वाग्लेको सडक दुर्घटनामा मृत्यु



हाम्रो इकोनोमि

 

नेकपाका केन्द्रीय सदस्य तथा सर्लाही जिल्ला इन्चार्ज डाचाराज वाग्लेको सडक दुर्घटनामा निधन भएको छ । बुधबार राती उनको शव सर्लाहीको बरहथवा–नयाँसडक खण्डमा दुर्घटनाग्रस्त मोटरसाइकलसहित फेला परेको हो ।

वाग्ले नेकपाको प्रचण्ड–माधव समूहका नेता हुन् । यो समूहले आजका लागि आह्वान गरेको नेपालबन्दको पूर्वसन्ध्यामा बुधबार साँझ मसाल जुलुसको नेतृत्व गरी घर फर्कने क्रममा उनी सवास ज १० प ३२०६ नम्बरको मोटरसाइकल जंगल क्षेत्रमा दुर्घटनामा परेको हुन सक्ने प्रारम्भिक अनुमान प्रहरीको छ ।

प्रहरीले उनी सवार मोटरसाइकललाई कसैले ठक्कर दिएको संकेत फेला नपरेकाले अधिक गतिका कारण अनियन्त्रित भएको हुनसक्ने अनुमान गरेको छ । नेकपा सर्लाहीले भने घटनालाई शंकास्पद भनेको छ ।

प्रतिक्रिया दिनुहोस
एमालेले प्रत्येक मतदान केन्द्रमा ३० जना भोलेन्टियर फोर्स खटाउने

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी निर्वाचनलाई निष्पक्ष र सुरक्षित...

मैले सरकार छाडेपछि देश ड्राइभरबिनाको गाडीजस्तो हुन्छ : ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूले सरकार छाडेपछि देश ड्राइभरबिनाको...

बुथ कब्जा गर्ने कल्पना कसैले नगरे हुन्छ : ओली

    नेकपा एमालेका अध्यक्ष केपी ओलीले पार्टीप्रति प्रश्न उठाउने ठाउँ नै नभएको...

भदौ २४ को बिध्वंशका १० हजार भिडिओ क्लिप संकलन

    भदौ २३ र २४ गतेको घटना छानबिन गर्न गठित गौरीबहादुर कार्की...