अष्टलक्ष्मी शाक्य कलंकीबाट गिरफ्तार



हाम्रो इकोनोमि

 

नेकपाको प्रचण्ड–माधव समूहले आह्वान गरेको नेपाल बन्दको दिन आज बिहानैदेखि बन्दकर्ता र प्रहरीबीच झडप सुरु भएको छ । प्रहरीले बिहानै काठमाडौंबाट नेकपा स्थायी समिति सदस्य अष्टलक्ष्मी शाक्य लगायतका केहि बन्दकर्तालाई गिरफ्तार गरेको नेकपा केन्द्रीय सदस्य विष्णु रिजालले जानकारी गराएका छन् ।

बन्दकर्ताले बिहानै गोंगबुमा एउटा ट्याक्सीमा आगजनी गरेका थिए । त्यस्तै बिभिन्न स्थानमा सवारी साधनमा तोडफोड गरेको प्रहरीले जानकारी दिएको छ । प्रचण्ड–माधव समूहले बन्द सफल बनाउन उपत्यकाका बिभिन्न ११ स्थानमा स्थायी कमिटी सदस्यको नेतृत्वमा कार्यकर्ता परिचालन गर्ने बताएको थियो । कलंकीको नेतृत्व गरेकी शाक्यलाई प्रहरीले पक्राउ गरेको हो ।

प्रतिक्रिया दिनुहोस
हुम्लाको दक्षिण क्षेत्रका चार गाउँपालिकामा नुन अभाव

     हुम्लाको दक्षिण क्षेत्रका चार गाउँपालिकाका बासिन्दाले बर्सेनि नुन अभाव झेल्दै आएका...

ओली भेट्न गुन्डु पुगे राष्ट्रपति पौडेल

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली भेट्न राष्ट्रपति रामचन्द्र पौडेल गुन्डु...

इरानसँग चलिरहेको युद्ध चाँडै अन्त्य हुन्छ : ट्रम्प

    अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग चलिरहेको युद्ध चाँडै अन्त्य हुने संकेत...

होर्मुज स्ट्रेट सञ्चालनमा सहयोग नभए नेटोको भविष्य नराम्रो हुनेछ : ट्रम्प

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युरोपेली मुलुकहरूले होर्मुज स्ट्रेट पुन: सञ्चालन लागि...