रोकिराखेको ट्याक्सीमा बिहानै आगजनी



हाम्रो इकोनोमि

 

नेकपाको प्रचण्ड–माधव पक्षले आह्वान गरेको आम हड्तालको बिहानै राजधानीमा एउटा ट्याक्सीमा आगजनी भएको छ । गोंगबुमा एउटा ट्याक्सीमा आगजनी भएको प्रहरीले जानकारी दिएको छ । कुम्भनारायण श्रेष्ठको प्रदेश ३–०१ ००२ ज ५८८१ नम्बरको ट्याक्सीमा आगजनी गरिएको हो । महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी अशोक सिंहले बिहानै करिव ५ बजेतिर गोंगबुमा रोकिराखेको ट्याक्सीमा दुईजना अपरिचित व्यक्तिले आगजनी गरेर भागेको जानकारी दिए ।

लगत्तै पुगेकाे प्रहरीले दमकलकाे सहायतामा आगो निभाएको हो । एसएसपी सिंहका अनुसार उपत्यकाका बिभिन्न स्थानहरुमा बन्दकर्ताहरुले सवारी साधनमाथि तोडफोड गर्न थालेको गुनासो आएकाले सार्वजनिक सम्पत्ति तोडफोड गर्ने विरुद्ध प्रहरी चुप लागेर नबस्ने बताएका छन् ।

नेकपाकै प्रचण्ड–माधव समूहले केपी ओली नेतृत्वको अर्को समूहले भोलि काठमाडौंमा गर्न लागेको बृहत आमसभा कार्यक्रमको पूर्वसन्ध्यामा देशव्यापी आमहड्ताल आह्वान गरेका हुन् । पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटनको निर्णय गरेपछि सत्तारुढ नेकपा दुई टुक्रा भएको छ र अहिले दुवै पक्षबीच आरोप प्रत्यारोप चलिरहन्छ ।

प्रतिक्रिया दिनुहोस
हुम्लाको दक्षिण क्षेत्रका चार गाउँपालिकामा नुन अभाव

     हुम्लाको दक्षिण क्षेत्रका चार गाउँपालिकाका बासिन्दाले बर्सेनि नुन अभाव झेल्दै आएका...

ओली भेट्न गुन्डु पुगे राष्ट्रपति पौडेल

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली भेट्न राष्ट्रपति रामचन्द्र पौडेल गुन्डु...

इरानसँग चलिरहेको युद्ध चाँडै अन्त्य हुन्छ : ट्रम्प

    अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग चलिरहेको युद्ध चाँडै अन्त्य हुने संकेत...

होर्मुज स्ट्रेट सञ्चालनमा सहयोग नभए नेटोको भविष्य नराम्रो हुनेछ : ट्रम्प

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युरोपेली मुलुकहरूले होर्मुज स्ट्रेट पुन: सञ्चालन लागि...