उपराष्ट्रपति पुन पनि माधव-प्रचण्ड गुटमा



हाम्रो इकोनोमि

 

राष्ट्रपतिसमेतको उपस्थितिमा भएको विभिन्न निकायका ३८ पदाधिकारीको सामूहिक शपथग्रहण समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन अनुपस्थित रहे । उपराष्ट्रपतिले यसरी राज्यको कुनै औपचारिक कार्यक्रम अघोषित बहिष्कार गरेको यो दुर्लभ घटना हो । यसलाई संवैधानिक परिषद्‍द्वारा गरिएको नियुक्तिप्रति उनको असन्तुष्टिका रूपमा हेरिएको छ ।

आफू कार्यक्रममा उपस्थित नहुने विषयमा पुनले सरकार वा राष्ट्रपति कार्यालयलाई औपचारिक-अनौपचारिक कुनै जानकारी गराएका थिएनन् । यस विषयमा उपराष्ट्रपति कार्यालयले अहिलेसम्म कुनै प्रष्टीकरण पनि दिएको छैन । यसर्थ यो घटनाले आगामी दिनमा सरकार र उपराष्ट्रपतिबीचको सम्वन्ध चिसिन सक्ने देखिएको छ ।

पुन तत्कालीन माओवादी केन्द्रको कोटाबाट उपराष्ट्रपति निर्वाचित भएका हुन् । उनी पहिले राजनीतिकभन्दा फौजी व्यक्तिका रूपमा चिनिन्थे । जनयुद्धकालमा माओवादी जनसेनाका कमाण्डर रहेका उनले माओवादी शान्ति प्रक्रियामा आएपछि आफ्नो गतिलो राजनीतिक स्पेस बनाउन सकेका थिएनन् । संविधानसभाको दोस्रो चुनावमा काठमाडौं क्षेत्र नम्बर ४ बाट हारेपछि उनको राजनीति थप समस्यामा परेको थियो ।

तत्कालीन एमाले र माओवादीबीच भागबण्डाका क्रममा उपराष्ट्रपति माओवादीको भागमा परेपछि पुनले त्यसमा इच्छा देखाएका थिए । इच्छा मात्रै नदेखाएर उनले पार्टीमा चर्को वार्गेनिङ नै गरेका थिए । अन्ततः चुनाव हारेका पुनलाई माओवादीले देशको दोस्रो वरियताको पदमा उम्मेदवार बनाएको थियो ।

अहिले सत्तारुढ पार्टी नेकपामा अनौपचारिक विभाजन आएपछि भने उपराष्ट्रपतिले आफ्नो राजनीतिक पक्षधरता देखाएका छन् । प्रचण्ड-माधव पक्षतिर उनको कित्ता क्लियर भएको छ । राष्ट्रपति र उपराष्ट्रपति पार्टीगत राजनीतिभन्दा माथि हुनुपर्ने मान्यतालाई चिर्दै उनले विभाजित पार्टीको एउटा ढिक्कातर्फ आफ्नो वफादारी पेस हुन् । केही दिनअघि प्रचण्ड र डा. बाबुराम भट्टराईले पुनलाई उपराष्ट्रपति कार्यालयमै पुगेर भेटेका थिए । त्यही भेटको नतिजाका रूपमा आजको अनुपस्थितिलाई सरकारी पक्षले अर्थ्याएको छ ।

बालुवाटार स्रोत भन्छ, ‘खुमलटारको निर्देशनमा उहाँले आजको कार्यक्रम बहिष्कार गर्नुभएको हो भन्ने प्रष्ट छ । योभन्दा अगाडि यस्तो पक्षधरता देखाउनुभएको थिएन । आज किन बुद्धि बिगार्नुभयो थाहा भएन । यस्तै सभा-समारोहमा उपस्थित हुनेबाहेक उपराष्ट्रपतिको अरु काम नै केही हुँदैन । यसमा पनि उपस्थित नहुने हो भने राज्यले त्यत्रो सेवा-सुविधा दिएर किन पाल्ने भन्ने प्रश्न उठ्छ ।’

प्रतिक्रिया दिनुहोस
हुम्लाको दक्षिण क्षेत्रका चार गाउँपालिकामा नुन अभाव

     हुम्लाको दक्षिण क्षेत्रका चार गाउँपालिकाका बासिन्दाले बर्सेनि नुन अभाव झेल्दै आएका...

ओली भेट्न गुन्डु पुगे राष्ट्रपति पौडेल

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली भेट्न राष्ट्रपति रामचन्द्र पौडेल गुन्डु...

इरानसँग चलिरहेको युद्ध चाँडै अन्त्य हुन्छ : ट्रम्प

    अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग चलिरहेको युद्ध चाँडै अन्त्य हुने संकेत...

होर्मुज स्ट्रेट सञ्चालनमा सहयोग नभए नेटोको भविष्य नराम्रो हुनेछ : ट्रम्प

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युरोपेली मुलुकहरूले होर्मुज स्ट्रेट पुन: सञ्चालन लागि...