ओली पक्षको आज १० हजार मोटरसाइकल र्‍याली



हाम्रो इकोनोमि

 

नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रधानमन्त्री केपी शर्मा ओली पक्षले माघ २३ मा काठमाडौंमा शक्ति प्रदर्शन गर्दैछ । सो दिनमा हुने ओली पक्षको जनसभामा २ लाख मानिस प्रदर्शनमा उतार्ने तयारी गरेका छन् ।

माघ २३ गतेको जनसभाको प्रचार प्रसार गर्न भन्दै बुधबार (आज) काठमाडौंमा १० हजार मोटरसाइकलको र्‍यालीसमेत गर्ने तयारी गरेका छन् । शुक्रबार हुने जनसभाका लागि भने काठमाडौंका १६ स्थानबाट र्‍याली निकाल्ने तयारी गरिएको ओली पक्षले जनाएको छ ।

सो दिन बागबजार, प्रदर्शनी मार्ग, महेन्द्र शालिक पूर्व, घण्टाघर, नेपाल एयरलाईन्स अगाडि, त्रिपुरेश्वर, गौशला, माईतिघर, पुतलीसडक, लैनचौर, सोह्रखुट्टे नयाँ रोडलगायतका स्थानबाट र्‍याली निकाल्ने तय भएको छ । चारैतिरको र्‍याली नारायणहिटी संग्राहलय अगाडि टुंगिनेछ । ओली पक्षले संग्राहलय अगाडि सभा गर्ने घोषणा यसअघि नै गरेको छ ।

प्रतिक्रिया दिनुहोस
हुम्लाको दक्षिण क्षेत्रका चार गाउँपालिकामा नुन अभाव

     हुम्लाको दक्षिण क्षेत्रका चार गाउँपालिकाका बासिन्दाले बर्सेनि नुन अभाव झेल्दै आएका...

ओली भेट्न गुन्डु पुगे राष्ट्रपति पौडेल

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली भेट्न राष्ट्रपति रामचन्द्र पौडेल गुन्डु...

इरानसँग चलिरहेको युद्ध चाँडै अन्त्य हुन्छ : ट्रम्प

    अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग चलिरहेको युद्ध चाँडै अन्त्य हुने संकेत...

होर्मुज स्ट्रेट सञ्चालनमा सहयोग नभए नेटोको भविष्य नराम्रो हुनेछ : ट्रम्प

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युरोपेली मुलुकहरूले होर्मुज स्ट्रेट पुन: सञ्चालन लागि...