प्रचण्ड समूह यसरी फेल खायो



हाम्रो इकोनोमि

 

प्रचण्ड समूह मंगलबार फेरि निर्वाचन आयाेग पुगेकाे छ । आयाेगलाई दबाब दिने उद्देश्यसाथ साे समूह निरन्तर धाइरहेकाे छ । तर साे समूह समय घर्किएपछि आयाेग पुगेकाे छ । प्रधानमन्त्री एवं पार्टीका प्रथम अध्यक्ष केपी शर्मा ओलीलाई साधारण सदस्यबाट हटायाैं भनेकाे साे समूह अप्ठेराेमा पर्ने देखिएपछि आयाेग धाएकाे हाे ।

आयाेगले केपी ओलीकाे हस्ताक्षरबिना कुनै काम नहुने बताइसकेकाे छ । तर साे समूह आज पुन : आफूहरु नै आधिकारिक हाैँ भन्दै आयाेग पुगेकाे हाे । साे समूहले आयोगमा राजनीतिक दलसम्बन्धी ऐनको दफा ४४ अनुसार वैधानिकताको दाबी पेस गरेको छ ।

पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालसहित आज आयोग पुगेको साे समूहले २ सय ७५ जना केन्द्रीय सदस्यको हस्ताक्षरसहित नेकपाको बैधानिकता दाबी गरेको हाे । निर्वाचन अयोगमा पत्र बुझाए पछि पत्रकारसँग कुरा गर्दै सो समूहका नेता झलनाथ खनालले आफूहरुले दाबी पेस गरेपछि अब निर्वाचन आयोगले निर्णय गर्ने बताउनुभयो ।

 

प्रतिक्रिया दिनुहोस
हुम्लाको दक्षिण क्षेत्रका चार गाउँपालिकामा नुन अभाव

     हुम्लाको दक्षिण क्षेत्रका चार गाउँपालिकाका बासिन्दाले बर्सेनि नुन अभाव झेल्दै आएका...

ओली भेट्न गुन्डु पुगे राष्ट्रपति पौडेल

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली भेट्न राष्ट्रपति रामचन्द्र पौडेल गुन्डु...

इरानसँग चलिरहेको युद्ध चाँडै अन्त्य हुन्छ : ट्रम्प

    अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग चलिरहेको युद्ध चाँडै अन्त्य हुने संकेत...

होर्मुज स्ट्रेट सञ्चालनमा सहयोग नभए नेटोको भविष्य नराम्रो हुनेछ : ट्रम्प

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युरोपेली मुलुकहरूले होर्मुज स्ट्रेट पुन: सञ्चालन लागि...