अझै बनिसकेको छैन मुलपानीको रंगशाला : प्रधानमन्त्री ओली



 

राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले मंगलबार ‘खेलकुदसँग प्रधानमन्त्री’ कार्यक्रम गर्‍यो । प्रधानमन्त्री केपी शर्मा ओलीले खेल क्षेत्रबारे आफ्नो धारणा राखे, सहभागीहरुबाट केही लिखित प्रश्न पनि लिए । त्यमध्ये एक प्रश्न थियो, मुलपानी क्रिकेट रंगशाला कहिले सम्पन्न हुन्छ ?

लिखित प्रश्न पढेपछि उनले प्रतिप्रश्न गरे, अझै बनिसकेको छैन त्यो ? (हलमा हाँसो) मञ्चमा भएका राखेप सदस्य सचिव रमेश सिलवालले अब दुई वर्ष लाग्छ भनेपछि प्रधानमन्त्री ओलीले भने, धेरै वर्ष भइसक्यो । अझै बनेको छैन भन्दा अचम्म लाग्यो । अब छिट्टै बन्छ ।’

१३औं दक्षिण एसियाली खेलकुद (साग)मा पदक जितेका खेलाडीहरुलाई मानपदवीमा भएको विभेदबारे सोधिएको प्रश्नमा पनि प्रधानमन्त्रीले कसैले पाएन ? भन्दै अनविज्ञता प्रकट गरे । राखेप सदस्य सचिव सिलवालले ‘केहीले पाए, केहीले पाएनन्’ भनेपछि प्रधानमन्त्री ओलीले आगामी दिनमा ध्यान दिउँला भनेका छन् ।

२०/२५ वर्षदेखि कर्मचारीहरु नभएको विषयमा सोधिएको प्रश्नमा पनि उनले अनविज्ञता प्रकट गरे । उनले आश्चर्यभावमा सोधे, किन बढुवा गर्ने ठाउँ नै रहेछ कि क्या हो ? (हलमा हाँसो)

प्रधानमन्त्रीले अघि भने, कहिले कहिले ठाउँ हुँदैन के ! खेलकुद परिषद्को अध्यक्ष भइसकेपछि फेरि उपाध्यक्षमा बढुवा गर्न भएन क्या रे ! त्यस्तै हो भने नत्र बिसौं वर्षदेखि कसरी बढुवा भएन ?’

प्रतिक्रिया दिनुहोस
चेक बाउन्स हुँदैमा कालोसूचीमा नपर्ने

    अब चेक बाउन्स हुँदा कालोसूचीमा नपर्ने भएको छ । आज राष्ट्र

सेयर धितो कर्जामा २० करोडको सीमा खारेज

    बैंक तथा वित्तीय संस्थाहरुबाट सेयर धितो कर्जामा संस्थाहरुलाई दिइने अधिकतम २०

ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृतमा सुरेन्द्रराज रेग्मी नियुक्त

    ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुरेन्द्रराज रेग्मी नियुक्त

राजदूतमा कांग्रेस-एमालेबीच भागबण्डा मिल्यो

    सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमालेले राजदूतको भागबण्डा मिलाएका छन्