डा. गोविन्द केसी २० औं पटक अनशन बस्ने घोषणा



हाम्रो इकोनोमि

 

राजनीतिक माग राख्दै डा. गोविन्द केसीले २० औं अनशन बस्ने घोषणा गरेका छन् । आफ्नो माग पूरा नभए आगामी १२ फागुनबाट अनशनमा बस्ने उनको घोषणा छ ।

मंगलबार एक विज्ञप्ति जारी गर्दै केसीले दुई सुत्रीय माग राखेका  छन् । उनको पहिलो माग ‘प्रधानमन्त्रीद्वारा विगटित संसद विघटन गरेकोमा संविधानको रक्षा गरिनिुपर्ने’ रहेको छ । अदालतमा मुद्दा विचाराधीन भएकाले उनले खुलेर संसद पुन:स्थापना भनेका छैनन् ।

यसैगरि उनले विधि र प्रक्रिया मिचेर अवैध रुपमा संवैधानिक निकायहरुमा नियुक्तीको सिफारिस गरिएको भन्दै त्यसलाई रद्द गर्नुपर्ने माग गरेका छन् ।

विज्ञप्तिमा उनले लेखेका छन्, ‘ केपी ओली देशको प्रधानमन्त्री रहेसम्म हाम्रो संविधान मात्रै नभई सिंगो देशको स्वार्थ र सुरक्षासमेत खतरामा रहनेछ । अहिलेकै रफ्तारमा प्रतिगमन हुने हो भने निषेध, हिंसा र मुठभेडको राजनीतिले टाउको उठाउने सम्भावना प्रचुर छ ।’

नागरिकका हैसियतले शान्तिपूर्णरुपमा हस्तक्षेप गर्ने उपयुक्त समय यही भएको केसीले उल्लेख गरेका छन् । संविधान विघटनको विषयमा सर्वोच्च अदालतमा चलिरहेको न्यायिक प्रक्रियालाई सबै नागरिकहरुले निकटतापूर्वक निगरानी गरिरहेको भन्दै उनले देशको सर्वोच्च न्यायालयले संविधानको रक्षा गर्ने आशा व्यक्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस
हुम्लाको दक्षिण क्षेत्रका चार गाउँपालिकामा नुन अभाव

     हुम्लाको दक्षिण क्षेत्रका चार गाउँपालिकाका बासिन्दाले बर्सेनि नुन अभाव झेल्दै आएका...

ओली भेट्न गुन्डु पुगे राष्ट्रपति पौडेल

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली भेट्न राष्ट्रपति रामचन्द्र पौडेल गुन्डु...

इरानसँग चलिरहेको युद्ध चाँडै अन्त्य हुन्छ : ट्रम्प

    अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग चलिरहेको युद्ध चाँडै अन्त्य हुने संकेत...

होर्मुज स्ट्रेट सञ्चालनमा सहयोग नभए नेटोको भविष्य नराम्रो हुनेछ : ट्रम्प

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युरोपेली मुलुकहरूले होर्मुज स्ट्रेट पुन: सञ्चालन लागि...