प्रचण्डविरुद्ध मुद्दाको सुनुवाइ आज



हाम्रो इकोनोमि

 

नेकपाको दाहाल–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ विरूद्ध अदालतको अपहेलना गरेको आरोपमा दर्ता मुद्दाको सुनुवाइ आज हुने भएको छ ।

अधिवक्ता समीर बलामीले दाहालले विराटनगरको आमसभामा अदालतलक्षित बोलेको विषयलाई लिएर सोमबार निवेदन दिनुभएको थियो । दाहालले न्यायाधीशहरुको जनभावनाअनुसार फैसला नगरे जनताको अदालतबाट फैसला गर्ने भन्दै अदालत र न्यायाधीशलाई लक्षित गरी धम्कीसहितको अभिव्यक्ति दिएको रिट निवेदकले बताउनुभएको छ ।

‘सारा देशले सुने हुन्छ, सर्वोच्च अदालतले अन्यथा फैसला गरेमा हामी सभामुखमार्फत प्रतिनिधिसभा बैठक बोलाएर केपी ओलीलाई कारबाही गर्ने छौं । हामीलाई अदालतप्रति विश्वास छ तर पनि जनताको अदालत ठूलो हो’, शुक्रबार विराटनगरमा आयोजित आमसभामा दाहालले भन्नुभएको थियो ।

यसअघि प्रधानमन्त्री केपी शर्मा ओली, पूर्वप्रधानन्यायाधीशहरू मीनबहादुर रायमाझी, अनुपराज शर्मा, कल्याण श्रेष्ठ, सुशीला कार्की र पूर्वसभामुख दमननाथ ढुंगानाविरुद्ध पनि अदालतको अवहेलनामा छुट्टाछुट्टै निवेदन दर्ता भएको थियो ।सर्वोच्चले सबै मुद्दामा लिखित जवाफसहित अदालतमा उपस्थित हुन आदेश दिइसकेको छ ।

प्रतिक्रिया दिनुहोस
हुम्लाको दक्षिण क्षेत्रका चार गाउँपालिकामा नुन अभाव

     हुम्लाको दक्षिण क्षेत्रका चार गाउँपालिकाका बासिन्दाले बर्सेनि नुन अभाव झेल्दै आएका...

ओली भेट्न गुन्डु पुगे राष्ट्रपति पौडेल

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली भेट्न राष्ट्रपति रामचन्द्र पौडेल गुन्डु...

इरानसँग चलिरहेको युद्ध चाँडै अन्त्य हुन्छ : ट्रम्प

    अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग चलिरहेको युद्ध चाँडै अन्त्य हुने संकेत...

होर्मुज स्ट्रेट सञ्चालनमा सहयोग नभए नेटोको भविष्य नराम्रो हुनेछ : ट्रम्प

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युरोपेली मुलुकहरूले होर्मुज स्ट्रेट पुन: सञ्चालन लागि...