नुवाकोटमा ईश्वर पोखरेल सवार गाडीमा ढुंगा प्रहार



हाम्रो इकोनोमि

 

केपी ओली पक्षधर नेकपाको जिल्ला कार्यकर्ता भेलामा सहभागी हुन नुवाकोट पुगेका उपप्रधानमन्त्री ईश्वर पोखरेलमाथि आक्रमण प्रयास भएको छ । प्रचण्ड-माधव नेपाल पक्षधर नेकपाका कार्यकर्ताले पोखरेल सवार गाडीमा ढुंगा प्रहार गरेका छन् । बट्टार क्याम्पस अगाडि विरोध प्रदर्शनमा उत्रिएका प्रचण्ड-माधव पक्षधर कार्यकर्ताले कालो झण्डा देखाउँदै पोखरेलको आगमनको विरोध गरेका थिए । उनीहरुलाई हटाउने क्रममा प्रहरीले लाठीचार्ज गरेको थियो ।

केही पूर्व माओवादीका कार्यकर्ताले आक्रमण प्रयास गरेपनि प्रहरीले तितरवितर बनाएको उपप्रधानमन्त्री ईश्वर पोखरेलको प्रमुख स्वकीय सचिव दिपेन्द्र श्रेष्ठले बताए । ढुंगा प्रहारबाट गल्छी स्याफु्रबेसी सडक आयोजनाका प्रमुख चढेको गाडी क्षतिग्रस्त भएको छ । विरोध प्रदर्शनमा सहभागी प्रचण्ड-माधव पक्षधर नेकपा जिल्ला नेता उषाकिरण तिम्सिनाले उपप्रधानमन्त्री पोखरेलविरुद्ध शान्तिपूर्ण विरोध प्रदर्शन गर्ने क्रममा ओली पक्षका कार्यकर्ताले आफूहरुमाथि आक्रमण गरेपछि तोडफोड भएको बताएकी छन् । उनका अनुसार प्रहरीले लाठीचार्ज गरेपछि झडप हुँदा गाडी तोडफोड भएको हो ।

प्रतिक्रिया दिनुहोस
एमालेले प्रत्येक मतदान केन्द्रमा ३० जना भोलेन्टियर फोर्स खटाउने

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी निर्वाचनलाई निष्पक्ष र सुरक्षित...

मैले सरकार छाडेपछि देश ड्राइभरबिनाको गाडीजस्तो हुन्छ : ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूले सरकार छाडेपछि देश ड्राइभरबिनाको...

बुथ कब्जा गर्ने कल्पना कसैले नगरे हुन्छ : ओली

    नेकपा एमालेका अध्यक्ष केपी ओलीले पार्टीप्रति प्रश्न उठाउने ठाउँ नै नभएको...

भदौ २४ को बिध्वंशका १० हजार भिडिओ क्लिप संकलन

    भदौ २३ र २४ गतेको घटना छानबिन गर्न गठित गौरीबहादुर कार्की...