मेरी आमाको रातो सारी फिर्ता ल्याइदिन सक्नुहुन्छ : उषाकिरण भण्डारी



हाम्रो इकोनोमि

 

राष्ट्रपति विद्यादेवी भण्डारीकी छोरी उषाकिरण भण्डारीले नेकपा प्रचण्ड-माधव पक्षकी नेतृ रामकुमारी झाँक्रीको अभिव्यक्तिलाई लिएर दु:ख व्यक्त गरेकी छन् । फेसबुकमा मार्मिक स्टाटस लेख्दै उनले भनेकी छन्, ‘झाँक्रीलाई नेता मान्ने र सम्पर्कमा भएकाहरूले यो छोरीको प्रश्न सुनाइदिनू ।’ झाँक्रीले एउटा भाषणमा राष्ट्रपति भण्डारीलाई शीतलनिवासबाट निस्केर बालकोट जान चेतावनी दिएकी थिइन् । साथै उनले विधवा बनेपछि भण्डारीले सेतो सारी लगाएको विषयमा पनि टिप्पणी गरेकी थिइन् ।

उषाकिरणले झाँक्रीलाई आफ्नो आमाको रातो सारी र आफूहरुको बाल्यकाल फिर्ता ल्याइदिन र आफूहरुले भोग गरेको चिज लैजान चुनौती दिएकी छन् । ‘तपाईं उहाँको सिन्दूर-पोते, रातो सारी, हाम्रो ड्याडी, हाम्रो बाल्यकाल फिर्ता ल्याइदिनुस् । अनि तपाईंलाई हामीसँग त्यस्तो के नाफा भएको छ जस्तो लाग्छ, लिएर जानुस् ।’ बुवाको मृत्युपछिको पीडा सहन आमाले गरेको संघर्षको झलक पनि उनले प्रस्तुत गरेकी छन् ।

उषाकिरण लेख्छिन्, ‘तपाईं कम्युनिष्ट स्कुलिङको हो भने हो भने सांस्कृतिक आन्दोलन कति पेचिलो हुन्छ बुझ्नु पर्ने । मेरी आमा एउटा अकल्पनीय घटना सामना गर्दै हुनुहुन्थ्यो । तपाईं सेतो सारीको कुरा गर्नु हुन्छ, हाम्रो घरमा सेतो तन्ना, सेतो सोफा, सेतै भित्ता थिए । उहाँले बाबालाई मनपर्ने खाना र अचार बनाउन छोडनु भयो । उहाँका स-साना छोरीहरू हामीले प्रश्न उठाएनौं । तपाईं उहाँको सारीमा प्रश्न उठाउने को हो ?’

प्रतिक्रिया दिनुहोस
हुम्लाको दक्षिण क्षेत्रका चार गाउँपालिकामा नुन अभाव

     हुम्लाको दक्षिण क्षेत्रका चार गाउँपालिकाका बासिन्दाले बर्सेनि नुन अभाव झेल्दै आएका...

ओली भेट्न गुन्डु पुगे राष्ट्रपति पौडेल

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली भेट्न राष्ट्रपति रामचन्द्र पौडेल गुन्डु...

इरानसँग चलिरहेको युद्ध चाँडै अन्त्य हुन्छ : ट्रम्प

    अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग चलिरहेको युद्ध चाँडै अन्त्य हुने संकेत...

होर्मुज स्ट्रेट सञ्चालनमा सहयोग नभए नेटोको भविष्य नराम्रो हुनेछ : ट्रम्प

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युरोपेली मुलुकहरूले होर्मुज स्ट्रेट पुन: सञ्चालन लागि...