प्रचण्डको निर्वाचन क्षेत्रमा ओलीको विशाल जनसभा



हाम्रो इकोनोमि

 

 

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रचण्डको गृहजिल्ला चितवनमा जिल्लास्तरीय सभामा ठूलो संख्या जुटाएर शक्ति देखायो । प्रधानमन्त्री ओली सहित संघीय सरकारका चारजना मन्त्री समेत सहभागी सभा भरतपुरमा आयोजना भएको थियो ।

प्रधानमन्त्रीले विभिन्न विकास आयोजनाको शिलान्यास गर्दा मेयर रेनु दाहालले बहिस्कार गरेकी थिइन् । त्यसपछि आयोजित आमसभामा प्रधानमन्त्री ओली र गृहमन्त्री रामवहादुर थापा बादल सहितका नेताहरुले प्रचण्डका बाबु छोरीको आलोचना गरेका थिए ।

उहाँले प्रचण्डले केही नगर्न चाहे पनि चितवनमा बिकाशको लहर आफूले ल्याउने र पूर्ववत घोषणा गरिएका सवै काम गर्ने प्रतिवद्धता जनाउनु भयो । ‘उहाँ (प्रचण्ड) हरु आत्तिनु होला, बर्बराउनु होला, बिकाश हुनेभयो भनेर, उहाँहरु आत्तिएपनि हुन्छ, अव नारायणीमा तटबन्ध हुन्छ, बनाएर छाडिन्छ,’ प्रधानमन्त्री ओलीले भन्नुभयो । प्रधानमन्त्री ओलीले मतपत्र च्यातेर मेयर हुनुभएकी प्रचण्डपुत्री रेनु दाहाललाई पनि कडा प्रहार गर्नुभयो ।

‘बिकाशको काम छाडेर मेयर पिक्निक खान जानुभयो होला, उहाँ जता गएपनि हामीले २ हजार सभाहलको सिलान्याश गरेका छौं, बाटो चौडा गर्ने कामको सिलान्याश गरिरहेका छौं,’ प्रधानमन्त्री ओलीले भन्नुभयो । उहाँले चितवनमाथि प्रचण्ड र उहाँका परिवारले गद्धारी गरे पनि सरकारले बिकाशको काम सम्पन्न गराएरै छाडने र सवै चितवनवासीको मनमा खुसी ल्याउने बताउनु भयो

 

प्रतिक्रिया दिनुहोस
हुम्लाको दक्षिण क्षेत्रका चार गाउँपालिकामा नुन अभाव

     हुम्लाको दक्षिण क्षेत्रका चार गाउँपालिकाका बासिन्दाले बर्सेनि नुन अभाव झेल्दै आएका...

ओली भेट्न गुन्डु पुगे राष्ट्रपति पौडेल

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली भेट्न राष्ट्रपति रामचन्द्र पौडेल गुन्डु...

इरानसँग चलिरहेको युद्ध चाँडै अन्त्य हुन्छ : ट्रम्प

    अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग चलिरहेको युद्ध चाँडै अन्त्य हुने संकेत...

होर्मुज स्ट्रेट सञ्चालनमा सहयोग नभए नेटोको भविष्य नराम्रो हुनेछ : ट्रम्प

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युरोपेली मुलुकहरूले होर्मुज स्ट्रेट पुन: सञ्चालन लागि...