मन्त्री ढकालले भने संसद पुनर्स्थापनाको माग गर्नु प्रतिगमन हो



 

नेकपा ओली समूहका नेता एवं संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री भानुभक्त ढकालले संसद पुनर्स्थापनाको माग गर्नु प्रतिगमन भएको बताएका छन् । शुक्रबार मन्त्रालयमा सञ्चारकर्मीसँग अन्तरक्रिया गर्दै मन्त्री ढकालले ताजा जनादेशका लागि निर्वाचनमा जानु अग्रगमन भएको बताए । ‘अफ्ठ्यारो परिस्थितिबाट ताजा जनादेशमा जानु अग्रगमन हो,’ उनले भने, ‘संसद पुनर्स्थापनाको माग राख्नु चाहिँ प्रतिगमन हो ।’

पर्यटन मन्त्रालयमा अघिल्ला मन्त्री योगेश भट्टराईले ल्याएका राम्रा कार्यक्रमलाई भने निरन्तरता दिने उनले बताए । उनले पर्यटक आगमन सहज बनाउने गरी थप निर्णयको तयारी भइसकेको जानकारी दिए । कोरोनाका कारण उत्पन्न असहज परिस्थिति अब सहज बन्दै गएको भन्दै उनले यसअघिका निर्णयमा परिमार्जन गर्दै जाने योजना रहेको उनले बताए । आफू चुनावसम्म मात्र यो मन्त्रालयमा रहने भन्दै उनले महत्वाकांक्षी योजना भने ल्याउने सोच नभएको बताए ।

प्रतिक्रिया दिनुहोस
रविपत्नी निकिता पौडेलपनि पोखरा जाँदै

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेलाई पार्टी

सहकारी ठगी आरोपमा रवि लामिछाने पक्राउ

   सहकारीको रकम गोर्खा मिडिया नेटवर्क प्रा.लि.मा अपचलन गरेको आरोपमा राष्ट्रिय स्वतन्त्र पार्टी

पार्टी कार्यालयमा जम्मा हुन थाले रास्वपाका नेताहरु

    राष्ट्रिय स्वतन्त्र पार्टीका नेताहरु पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा जम्मा भएका छन्

साना दल फुटाउन अध्यादेश आउने संकेत

    विपक्षी दलहरुले साना दलहरु फुटाउन सरकारले अध्यादेश ल्याउनसक्ने आशंका गरेका छन्