निर्वाचन आयोगले नेकपा र सुर्य चिन्ह केपी ओलीलाई दियो, दल दर्ता गर्दै प्रचण्ड गुट



हाम्रो इकोनोमि

 

संविधानसभा अध्यक्ष तथा नेकपाका नेता सुवास नेम्वाङले नेकपाको आधिकारिता सम्बन्धी विवाद निर्वाचन आयोगले टुंगो लगाइसकेकाले अब चुनावी प्रक्रिया शुरु भएको दाबी गरेका छन् । निर्वाचन आयोगले चुनावी प्रयोजनका लागि दल दर्ता तथा अन्य तयारीका बारेमा छलफल गर्न बोलाइसकेको भन्दै नेम्वाङले अब नेकपाको कुन पक्ष आधिकारिक भन्ने कानुनी विवादनै नरहेको दाबी गरे ।

नेम्वाङले भने, ‘आधिकारिकताको कुरा अब सकियो । हाम्रा केही साथीभाइहरु मनमनै आत्तिएर के बोल्दै हिड्नुभएको छ । तर नेकपा विभाजन भएको छैन भन्ने हाम्रो मान्यता नै आयोगले स्थापित गरिदिएको छ । अब केपी ओलीको आधिकारिक हस्ताक्षरसहित नेकपा दल दर्ता हुन्छ ।’ नेम्वाङले निर्वाचन आयोगले आज नेकपाका दुवै पक्षलाई पार्टी विवादको सन्दर्भमा छलफल गर्न नबोलाएको प्रष्ट पारे । विवादको टुंगो लागि सकेको भन्दै उनले संविधान र कानुनको दफा तोकेर आयोगले निर्वाचन तयारीका लागि छलफलका लागि बोलाएको उनको भनाइ छ ।

नेम्वाङले भने, ‘हाम्रा साथीभाइ ४४१ जनालाई आयोगले मान्यता दियो अब हामी नै हौं भन्दै हिड्नुभएको छ । आयोगले त केपी शर्मा ओली र पुष्पकमल दाहाल अध्यक्ष र विष्णु पौडेल महासचिव भएको पार्टीलाईनै मान्यता दिएको हो । अब उहाँहरुलाई चित्त नबुझे अर्को दल गर्न जान सक्नुहुन्छ ।’

प्रतिक्रिया दिनुहोस
हुम्लाको दक्षिण क्षेत्रका चार गाउँपालिकामा नुन अभाव

     हुम्लाको दक्षिण क्षेत्रका चार गाउँपालिकाका बासिन्दाले बर्सेनि नुन अभाव झेल्दै आएका...

ओली भेट्न गुन्डु पुगे राष्ट्रपति पौडेल

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली भेट्न राष्ट्रपति रामचन्द्र पौडेल गुन्डु...

इरानसँग चलिरहेको युद्ध चाँडै अन्त्य हुन्छ : ट्रम्प

    अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग चलिरहेको युद्ध चाँडै अन्त्य हुने संकेत...

होर्मुज स्ट्रेट सञ्चालनमा सहयोग नभए नेटोको भविष्य नराम्रो हुनेछ : ट्रम्प

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युरोपेली मुलुकहरूले होर्मुज स्ट्रेट पुन: सञ्चालन लागि...