ओली पक्षबाट निर्वाचन आयोगमा जाने नेता तोकिए



हाम्रो इकोनोमि

 

 

 निर्वाचन प्रयोजनका लागि दल दर्ता र हालसम्म निर्वाचन तयारीका लागि भएका कामबारे छलफल गर्न निर्वाचन आयोगले नेकपाका दुवै पक्षलाई आज आयोगमा बोलाएको छ । आयोगले एउटै पत्रमा दुवै अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाललाई सम्बोधन गरेर पाँच-पाँच जना प्रतिनिधि पठाउन आग्रह गरिएकोमा ओली पक्षले सात जनालाई आयोगमा पठाउने भएको छ । प्रचण्डको पक्षबाट भने जाने वा नजाने टुंगो भइनसकेको स्थायी कमिटी सदस्य लिलामणी पोखरेलले बताए । यद्यपी आयोगले बोलाइसकेको हुनाले कुनै न कुनै रुपमा सूचना दिइने उनले बताए ।

ओली पक्षबाट भने महासचिव बिष्णु पौडेल र नेता सुवास नेम्वाङनै निर्वाचन आयोगमा जाने भएका छन् । त्यस्तै पहिलेदेखिनै निर्वाचन आयोगमा पत्राचार गर्ने अधिकारीका रुपमा कृष्णगोपाल श्रेष्ठ, वागमती प्रदेशका भौतिक पुर्वाधारमन्त्री रामेश्वर फुयाल, राष्ट्रियसभा सदस्य विमला राई पौडेल र कानुनविदहरु बाबुराम दाहाल तथा रमेश बडाल निर्वाचन आयोग जादैछन् ।आयोगले दुवै अध्यक्षलाई आफ्ना प्रतिनिधिसहित उपस्थित हुन आग्रह गरेको छ । प्रचण्ड पक्षका नेता पोखरेलले आफूहरु छलफलमा रहेको बताए । आयोगले नेकपाको विवादको बारेमा छलफल नहुने गरि पत्राचार गरेको छ ।

नेकपा विभाजन नभएको ठहर गरेको आयोगले पठाएको पत्रमा पनि अध्यक्ष भनेर पहिलो नम्बरमा केपी शर्मा अ‍ोली र दोस्रो नम्बरमा पुष्पकमल दाहाल प्रचण्डलाई सम्बोधन गरेको छ । संविधानको धारा २७१ र राजनीतिक दल सम्बन्धी ऐन २०७४ को दफा ४८ अनुसार निर्वाचन प्रयोजनका लागि दल दर्ता गर्न सूचना प्रकाशन गर्न र आयोगले निर्वाचन तयारीका सन्दर्भमा हालसम्म गरेका कामको छलफल गर्न नेकपा केन्द्रीय कार्यालयलाई पत्राचार गरेको हो । ओलीलाईनै अध्यक्ष मानेर आयोगले निर्वाचनको तयारीका लागि बोलाएकाले प्रचण्ड-माधव पक्ष आन्तरिक छलफलमा छ । सो पक्षले निर्वाचनको काम रोक्न आयोगलाई आग्रह गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस
एमालेले प्रत्येक मतदान केन्द्रमा ३० जना भोलेन्टियर फोर्स खटाउने

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी निर्वाचनलाई निष्पक्ष र सुरक्षित...

मैले सरकार छाडेपछि देश ड्राइभरबिनाको गाडीजस्तो हुन्छ : ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूले सरकार छाडेपछि देश ड्राइभरबिनाको...

बुथ कब्जा गर्ने कल्पना कसैले नगरे हुन्छ : ओली

    नेकपा एमालेका अध्यक्ष केपी ओलीले पार्टीप्रति प्रश्न उठाउने ठाउँ नै नभएको...

भदौ २४ को बिध्वंशका १० हजार भिडिओ क्लिप संकलन

    भदौ २३ र २४ गतेको घटना छानबिन गर्न गठित गौरीबहादुर कार्की...