दक्षिणकालीमा ट्रक दुर्घटना हुँदा दुईजनाको मृत्यु
काठमाडौंको दक्षिणकालीमा ट्रक दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ । दुर्घटनामा ट्रक चालक मकवानपुरका ३१ वर्षीय मोहनलाल रुम्बा र सहचालक अछाम घर भई काठमाडौं बस्दै आएका २८ वर्षीय गोमबहादुर बुढाको मृत्यु भएको हो। महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी अशोक सिंहका अनुसार थाहाखेलबाट फर्पिङतर्फ आउँदै गरेको बा३ख ६१९९ नम्बरको ट्रक हनुमाने क्षेत्रमा गएराति दुर्घटनामा परेको थियो ।


