वामदेव गौतमको सचिवालयको ध्यानाकृष्ट



हाम्रो इकोनोमि

 

वामदेव गौतमको प्रेस संयोजक विश्वमणि सुवेदीले फेसबुक मर्फत   (नेकपा) का उपाध्यक्ष तथा पार्टी एकता राष्ट्रिय अभियानका संयोजक क. गौतमका सन्दर्भमा विभिन्न सञ्चार माध्यमबाट प्रेषित समाचारमा उहाँको सचिवालयको ध्यानाकृष्ट भएको जनाएको छ ।

उत्त प्रेस नोटमा भनिएको छ

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उपाध्यक्ष तथा पार्टी एकता राष्ट्रिय अभियानका संयोजक क. गौतमका सन्दर्भमा विभिन्न सञ्चार माध्यमबाट प्रेषित समाचारमा उहाँको सचिवालयको ध्यानाकृष्ट भएको छ । राष्ट्रिय समाचार समितिको १२ गते प्रकाशित बुलेटिनबाट साभार गरेर विभिन्न अनलाइन न्युज पोर्टलमा आज १३ गते प्रकाशित समाचारमा ‘जसले अध्यक्ष दिन्छ, त्यही समूहमा जान्छु’ भन्ने शीर्षक राखिएका छन् । विगत केही समयदेखि क.वामदेव गौतमलाई विभिन्न किसिमले अपमान गर्ने, उहाँका विचार, अभियान र विधि पक्षधर कार्यशैलीमाथि भ्रम सिर्जना गराउने कामहरु योजनावद्ध रुपमा हुँदै आएका छन् । राससमा प्रकाशित उक्त समाचार त्यही क्रमको निरन्तरता हो । सोमबार केही पत्रकार साथीहरु उहाँलाई भेट्न भैंसेपाटीस्थित हाम्रो सचिवालयमा आउनुभएको थियो ।

ती साथीहरु पत्रकारमात्र नभई पार्टी र संगठनमा समेत आवद्ध भएका नाताले अनौपचारिक रुपमा भेट गर्न आउनुभएको हो । उहाँहरुसँग पार्टी एकता अभियान, विभाजनले निम्त्याएका असर लगायतका विषयमा अनौपचारिक कुरा भएको हो । तर, जसरी समाचारमा आएजस्तो ‘जसले अध्यक्ष दिन्छ, त्यही समूहमा जान्छु’ भन्ने कुरा उहाँबाट व्यक्त भएको छैन । उहाँको नेतृत्वमा भोलि बुधबार (१४ माघ) मा पार्टी एकता राष्ट्रिय अभियानको घोषणा हुँदैछ । पार्टी कार्यकर्ताको ठूलो पंक्ति अहिले पनि विभाजन नहोस् भन्ने पक्षमा छ । त्यही माग र चाहनालाई सम्बोधन गर्न हामीले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एकता राष्ट्रिय अभियान सञ्चालन गरिरहेका छौं ।

पहिले एकतामा आउन नसकेका र छरिएर रहेका विभिन्न कम्युनिष्ट तथा वाम–प्रगतिशील समूह एवं व्यक्तिहरुलाई पनि यो अभियानमार्फत् एकतावद्ध गर्ने उद्देश्य राखिएको छ । तर, जसरी ‘अध्यक्ष पद दिने समूहमा जाने’ भनी वामदेव कमरेडको नाममा भनाइ सार्वजनिक गरियो, यसलाई हामीले पार्टी एकताको निस्वार्थ उद्देश्यमाथि प्रहार गरिएको रुपमा बुझेका छौँ ।

एकता अभियानका नेतृत्वकर्ता कमरेडमाथि नै यस्ता भ्रमपूर्ण समाचार प्रवाह गर्नु भनेको एकता विरोधी व्यक्तिहरुले हाम्रो अभियानलाई कमजोर बनाउने दुस्साहस गरेको रुपमा हामीले बुझेका छौँ । क.वामदेव गौतम पार्टी एकताका निम्ति आफूसँग भएका पदहरु गुमाउन वा कसैका निम्ति छोडिदिन पनि तयार हुनुहुन्छ । किनभने, पार्टीको एकता आम नेपालीको चाहना हो । मुलुकको विकास, सुशासन र समृद्धिका लागि पार्टी एकता अनिवार्य छ । त्यस्तो अनिवार्यतावोध गर्ने नेताले ‘मलाई यो पद दिए त्यो समूहमा जान्छु’ भन्ने जस्ता अभिव्यक्ति दिँदैन भन्ने कुरा जिम्मेवार सञ्चारकर्मी तथा आम जनसमुदायले साथीहरुले बुझ्नु हुनेछ भन्ने विश्वास लिएका छौँ ।

प्रतिक्रिया दिनुहोस
एमालेले प्रत्येक मतदान केन्द्रमा ३० जना भोलेन्टियर फोर्स खटाउने

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी निर्वाचनलाई निष्पक्ष र सुरक्षित...

मैले सरकार छाडेपछि देश ड्राइभरबिनाको गाडीजस्तो हुन्छ : ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूले सरकार छाडेपछि देश ड्राइभरबिनाको...

बुथ कब्जा गर्ने कल्पना कसैले नगरे हुन्छ : ओली

    नेकपा एमालेका अध्यक्ष केपी ओलीले पार्टीप्रति प्रश्न उठाउने ठाउँ नै नभएको...

भदौ २४ को बिध्वंशका १० हजार भिडिओ क्लिप संकलन

    भदौ २३ र २४ गतेको घटना छानबिन गर्न गठित गौरीबहादुर कार्की...