नेताहरुको सम्पति छानविन गर्न शक्तिशाली आयोग बनाउने ओलीको तयारी



हाम्रो इकोनोमि

 

 

प्रधानमन्त्री केपी शर्मा ओलीले उच्चस्तरीय सम्पत्ति छानविन आयोग गठन गर्ने तयारी गरेका छन्। सम्पूर्ण नेताहरुको छानविन गर्न ओलीले चाँडै छानविन आयोग बनाउने प्रधानमन्त्रीको सचिवालय स्रोतले जानकारी दिएको छ। “आयोगले खासगरी प्रचण्ड र माधव नेपाल, नारायणकाजी श्रेष्ठ, झलनाथ खनाल, वामदेव गौतम, रामचन्द्र पौडेल लगायत नेताहरुको सम्पत्तिको स्रोत खोज्नेछ। माधव नेपाल आफै पनि बालुवाटार जग्गा प्रकणमा मुछिएका नेता हुन्।

आयोगले ओली समूहकै नेताको पनि सम्पत्ति छानविन गर्ने प्रमको सचिवालयका सदस्य दावी गर्छन्। आयोगको खाका समेत गृहकार्यमा रहेको सचिवालय स्रोतले दावी गर्यो। आयोगले देशको उच्च तहमा पुगेका सबै राजनीतिक, प्रशासनिक र प्राविधिकहरुको सम्पत्तिको छानबिन गर्ने पनि बताइएको छ।

“आयोगबाट सिफारिस भई अख्तियारले अकुत सम्पत्ति कमाउने भ्रष्ट नेतालाई कारवाही गर्नेछ। प्रधानमन्त्री ‌ओलीले आयोग गठनको तयारी गरेको सूचना पेरिसडाँडा पुगिसकेको छ। “आफूहरुमाथि प्रतिशोध साधिए कडा प्रतिकार गर्ने रणनीतिमा जानुपर्ने सोच पेरिसडाँडाको रहेको जानकार स्रोत बताउँछ।

प्रतिक्रिया दिनुहोस
एमालेले प्रत्येक मतदान केन्द्रमा ३० जना भोलेन्टियर फोर्स खटाउने

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी निर्वाचनलाई निष्पक्ष र सुरक्षित...

मैले सरकार छाडेपछि देश ड्राइभरबिनाको गाडीजस्तो हुन्छ : ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूले सरकार छाडेपछि देश ड्राइभरबिनाको...

बुथ कब्जा गर्ने कल्पना कसैले नगरे हुन्छ : ओली

    नेकपा एमालेका अध्यक्ष केपी ओलीले पार्टीप्रति प्रश्न उठाउने ठाउँ नै नभएको...

भदौ २४ को बिध्वंशका १० हजार भिडिओ क्लिप संकलन

    भदौ २३ र २४ गतेको घटना छानबिन गर्न गठित गौरीबहादुर कार्की...