चार प्रदेशमा पहिलो चरणको निर्वाचन गर्ने तयारी



हाम्रो इकोनोमि

 

सरकारले बैशाख १७ गतेको पहिलो चरणको निर्वाचन चार वटा प्रदेशमा गर्ने तयारी गरेको छ । पहिलो चरणमा प्रदेश–२, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा गर्ने तयारी गरेको हो । प्रधानमन्त्री केपी शर्मा ओलीले पनि यी प्रदेशमा पहिलो चरणमा निर्वाचन गर्ने तयारी भईरहेको जानकारी गराउनु भएको छ । सशस्त्र प्रहरी बलको २० औं स्थापना दिवसको अवसर पारेर आयोजित कार्यक्रममा बोल्दै उहाले बैशाख २७ गते प्रदेश–१, बागमति र कर्णाली प्रदेशमा निर्वाचन गराउने जानकारी दिनुभयो ।

यद्यपी उहाले यी विषय अन्तिम निर्णय भई नसकेको तर छलफल भईरहेको बताउनु भयो । सशस्त्र प्रहरीको मुख्यालयमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले आउँदो निर्वाचनमा निष्पक्ष भएर प्रस्तुत हुन सुरक्षाकर्मीलाई निर्देशन समेत दिनुभयो । पछिल्लो समय सडकमा उत्रिएको समुहले ननभेज आन्दोलन घोषणा गरेकाले त्यसलाई सजगतापूर्वक हेर्नुपर्नेमा उहाले जोड दिनुभयो ।

प्रतिक्रिया दिनुहोस
हुम्लाको दक्षिण क्षेत्रका चार गाउँपालिकामा नुन अभाव

     हुम्लाको दक्षिण क्षेत्रका चार गाउँपालिकाका बासिन्दाले बर्सेनि नुन अभाव झेल्दै आएका...

ओली भेट्न गुन्डु पुगे राष्ट्रपति पौडेल

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली भेट्न राष्ट्रपति रामचन्द्र पौडेल गुन्डु...

इरानसँग चलिरहेको युद्ध चाँडै अन्त्य हुन्छ : ट्रम्प

    अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग चलिरहेको युद्ध चाँडै अन्त्य हुने संकेत...

होर्मुज स्ट्रेट सञ्चालनमा सहयोग नभए नेटोको भविष्य नराम्रो हुनेछ : ट्रम्प

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युरोपेली मुलुकहरूले होर्मुज स्ट्रेट पुन: सञ्चालन लागि...