केपी ओलीलाई केही समय जेल राखौ : माधव नेपाल



हाम्रो इकोनोमि

 

नेपाल कम्युनिष्ट पार्टी प्रचण्ड-माधव पक्षका दोस्रो दर्जाका अध्यक्ष माधवकुमार नेपालले केपी ओलीले गल्ती गरेको स्वीकार गरेमा केही समय जेलमा राखेर माफी दिन सक्ने बताएका छन् । पार्टीले आज आयोजना गरेको सभामा बोल्दै उनले ओलीलाई सोधिएको स्पष्टीकरणको जवाफ पर्खिरहेको बताए । नेता नेपालले भने, ‘हामीले केपी ओलीलाई अध्यक्षबाट निष्कासन गर्‍यौं । अब अनुशासनको कारवाहीका लागि स्पष्टीकरण सोधेका छौं । उहाँले जवाफ दिनुभएको छैन ।’

उनले अगाडि थपे, ‘म त भर्खरै कर्णालीबाट आउँदैछु । कतै जवाफ आइहाल्यो कि भन्ने पनि लाग्यो । प्रचण्ड, झलनाथ, नारायणकाजीहरुसँग कुराकानी गर्न पाएको छैन । सुध्रेको कुनै कागज आएको छ कि, गल्ति गरेको स्वीकार गरिहालेका छन् कि कतै माफी नै मागेका छन् कि ? प्रतिनिधिसभाको विघटन गर्नु गलत हो, त्यो पुनस्र्थापनाको निम्ति जुलुसमा समेल हुन्छु भनेका छन् कि ? मान्छेले गल्ति गर्छन्, अपराध गर्छन् । अनि समयमा सचिन्छु भन्छन् भने केही समय जेलमा राखेर फेरि निकालौंला । अथवा सुरुमै माफी पनि दिउँला । तर कसैले पनि भ्रम नराखौं, फेरि केपी ओलीसँग नेकपाले झुक्ने कुनै काम गर्ने छैन । सँगै जाने स्थिति बन्ला भन्ने कसैले भ्रम नपाले हुन्छ ।’

प्रतिक्रिया दिनुहोस
हुम्लाको दक्षिण क्षेत्रका चार गाउँपालिकामा नुन अभाव

     हुम्लाको दक्षिण क्षेत्रका चार गाउँपालिकाका बासिन्दाले बर्सेनि नुन अभाव झेल्दै आएका...

ओली भेट्न गुन्डु पुगे राष्ट्रपति पौडेल

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली भेट्न राष्ट्रपति रामचन्द्र पौडेल गुन्डु...

इरानसँग चलिरहेको युद्ध चाँडै अन्त्य हुन्छ : ट्रम्प

    अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग चलिरहेको युद्ध चाँडै अन्त्य हुने संकेत...

होर्मुज स्ट्रेट सञ्चालनमा सहयोग नभए नेटोको भविष्य नराम्रो हुनेछ : ट्रम्प

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युरोपेली मुलुकहरूले होर्मुज स्ट्रेट पुन: सञ्चालन लागि...