वन सम्बन्धि छिटो छरितो सेवा दिन मन्त्री आलेको निर्देशन
वन तथा वातावरण मन्त्री प्रेमबहादुर आलेमगरले नेपाली नागरिकले मन्त्रालय तथा मातहतका बिभाग तथा कार्यलयबाट छिटो छरितो सेवा दिन कर्मचारीलाई निर्देशन दिनु भएको छ । मन्त्री नियुक्त भएपछि आज पहिलो पटक बिहिबार मन्त्रालयमा आयोजना गरिएको बिभागिय प्रमुखहरुलाई निर्देशन कार्यक्रममा बोल्नु हुँदै मन्त्री आलेले कर्मचारीका कारण सेवा ग्राहीको सेवा रोकिनु नहुँने बताउनुभयो । उहाँले भन्नुभयो, “हामी नागरिकको सेवा गर्नका लागि आएका हौँ, नियम कानून संगत भएका सेवा ग्राहीका कामहरु कुनै हालतमा नरोक्नुस ।” निर्देशनकै क्र्रममा मन्त्री आलेले नागरिक तथा देशको सेवामा उत्कृष्ठ काम गर्ने कर्मचारीलाई उच्च प्रथामिकता सहित उचित स्थान दिइने भएकाले सबैले नागरिकको काममा दिलो ज्यन दिएर खटिन आग्रह गर्नु भयो ।
“राम्रो तथा उत्कृष्ठ काम गर्नुस, मेरो अवरोध हुँने छैन,” वन तथा वातावरण मन्त्री आलेले थप भन्नुभयो, “अनुहार हेरेर व्यवहार नगर्नुस, गलत भएका काम र गरेका ठाउँमा कारवाहि गर्नुस, गलत गर्ने जो केही भएपनि कारवाहि गर्न नडराउनुस ।” राष्ट्रपति चुरे संरक्षण क्षेत्रमा भइरहेका काम कारवाहिमा केही ठाउँमा गलत मनसायले काम भइरहेको भन्ने सूचना आएकाले त्यसतर्फ विषेश ध्यान दिन समेत मन्त्री आलेले मातहतका कर्मचारीलाई निर्देशन दिनु भएको छ । “राष्ट्रपति चुरे संरक्षणका नाममा भइरहेका काममा केही ठाउँमा आफ्नो व्यक्तिगत फाइदाका लागि काम भइरहेको भन्ने खबर छ, सम्बन्धित पक्षले तत्काल बुझेर के भएको हो, गलत भएको हो भने काम रोकाउनुस” मन्त्री आलेले भन्नुभयो, “चुरे संरक्षणका नाममा दोहन गर्न पाइने छैन् ।”
यसैगरी वन तथा वातावरण मन्त्री आले काम गर्ने दौरानमा कहि कतै समस्या आए सबै मिलेर छलफलगरी समाधान गर्न पनि कर्मचारीलाई निर्देशन दिनुभयो । उता बिभागिय कर्मचारीहरुले डिभिजन वन कार्यालयका प्रमख (डिएफओ) हरु प्रदेश सरकार मातहत भएका कारण केन्द्रबाट सिधै काम गराउनमा समस्या भएकाले उनीहरुलाई पनि संघ मातहत ल्याउन आग्रह गर्नु भएको थियो । विमल विष्ट


