आज उपत्यकाको ट्राफिक व्यवस्थापन अस्तव्यस्त



हाम्रो इकोनोमि

 

 

उपत्यकाको ट्राफिक व्यवस्थापन अस्तव्यस्त भएको छ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–माधव पक्षले भृकुटीमण्डपमा गर्ने बृहत विरोध प्रदर्शनका कारण उपत्यकाका मुख्य स्थानको ट्राफिक व्यवस्थापन प्रभावित भएको छ । ट्राफिक व्यवस्थापन प्रभावित भएपछि सर्वसाधारणहरु हिँडेरै गन्तव्यतर्फ लागेका छन् । प्रदर्शन गर्नुअघि चक्रपथ भित्रका विभिन्न नौ स्थानबाट र्याली निकालिने भएकाले ति स्थानमा ठुला सवारी साधन छिर्न नदिएको ट्राफिक प्रहरीले जनाएको छ । काठमाडौको माइतीघर, डिल्लीबजार, लैनचौर, त्रिपुरेश्वर, कुपन्डोल, प्रदर्शनीमार्ग, त्रिचन्द्र कलेज, शान्तिबाटिका र बाल्मिकी क्याम्पसबाट जुलुस शुरु हुदैछ । ति स्थानबाट निस्कने जुलुस भृकुटीमण्डपस्थित राष्ट्रिय सभागृह अगाडिको सडकमा पुगेर सभामा परिणत हुनेछ । अहिले विभिन्न स्थानबाट र्यालि निकाल्ने क्रम सुरु भएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता एसपी श्यामकृष्ण अधिकारीले र्याली र सभा हुने स्थानमा चल्ने सार्वजनिक सवारी साधन रोकिएको जानकारी दिए । प्रचण्ड–माधव पक्षले प्रतिनिधि सभा विघटन विरुद्ध पुस ५ पछि लगातार आन्दोलन गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस
हुम्लाको दक्षिण क्षेत्रका चार गाउँपालिकामा नुन अभाव

     हुम्लाको दक्षिण क्षेत्रका चार गाउँपालिकाका बासिन्दाले बर्सेनि नुन अभाव झेल्दै आएका...

ओली भेट्न गुन्डु पुगे राष्ट्रपति पौडेल

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली भेट्न राष्ट्रपति रामचन्द्र पौडेल गुन्डु...

इरानसँग चलिरहेको युद्ध चाँडै अन्त्य हुन्छ : ट्रम्प

    अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग चलिरहेको युद्ध चाँडै अन्त्य हुने संकेत...

होर्मुज स्ट्रेट सञ्चालनमा सहयोग नभए नेटोको भविष्य नराम्रो हुनेछ : ट्रम्प

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युरोपेली मुलुकहरूले होर्मुज स्ट्रेट पुन: सञ्चालन लागि...