शिवपुरी क्लबले खुल्ला नकआउट’प्रथम राप्ती भेट्रान्स कप’आयोजना गर्ने



 

पूर्वी चितवनको राप्ती नगरपालिका ०४ मा अवस्थित शिवपुरी युवा क्लबले यही माघ १५ गतेबाट राष्ट्रियस्तर खुल्ला नकआउट ‘प्रथम राप्ती भेट्रान कप’ गर्ने भएको छ। खेल शिवपुरी क्लबको खेल मैदानमा हुनेछ।

खेल आयोजना बारे आज माघ ०५ गते आयोजित पत्रकार सम्मेलन मार्फत क्लबका अध्यक्ष सुवास सिलवालले जानकारी गराउनुभएको छ।

पत्रकार सम्मेलन कार्यक्रममा राप्ती नगरपालिका वडा नम्बर ०४ का वडा अध्यक्ष शमशेर लामा, जिल्ला रेफ्री चितवनका अध्यक्ष बिरेन्द्र पाण्डे, पूर्व राष्ट्रिय खेलाडी छन्नुराम चौधरी, हर्दी युवा समाजका अध्यक्ष शम्भु वि.क, जनप्रतिनिधि जगन्नाथ श्रेष्ठ, समाजसेवी शंकर आचार्य,क्लबका पदाधिकारी सदस्यहरु तथा पत्रकारहरुको उपस्थिति रहेको थियो।

भेट्रान कपमा १० वटा टीम चितवन भेट्रान,सिमरा भेट्रान,मकवानपुर भेट्रान,बागमती भेट्रान,खुमलटार भेट्रान,शिवपुरी भेट्रान, बिरगंज युथ भेट्रान,पश्चिम चितवन भेट्रान,अभिषेक चर्च भेट्रान,भैरव मण्डल भेट्रानको सहभागीता रहने आयोजक समितिले जनाएको छ।

उद्घाटन खेल चितवन भेट्रान र सिमरा भेट्रान बीच हुनेछ।

कार्यक्रममा बोल्दै जिल्ला रेफ्रि अध्यक्ष पाण्डेले खेलका नियमहरुको बारेमा जानकारी दिनुभयो साथै पूर्व राष्ट्रिय खेलाडीहरुको उल्लेख्य सहभागिता हुने कपले अन्य खेलाडीहरुले सिक्न अवसर पाउने बताउनुभयो।

त्यस्तै वडा अध्यक्ष लामाले यस भेट्रान कपले राप्ती नगरपालिकालाई राष्ट्रिय स्तरमा नै चिनाउन मद्दत मिल्ने बताउनुभयो।”यो खेलमा विभिन्न प्रदेशका खेलाडीहरुको सहभागिता रहनेछ, यसले गर्दा वडा नम्बर ०४ लाई मात्र नभई राप्ती नगरपालिकाको हरेक कुना काप्चालाई नेपालको राष्ट्रिय स्तरमा चिनाउन मद्दत पुग्छ।” उहाँले भन्नुभयो।

खेलको मुख्य प्रायोजक राप्ती नगरपालिका वडा नम्बर ०४ रहनेछ। वडा लगभग २ लाख सहयोग गर्ने र यतिले मात्र नपुग्ने क्लबका कोषाध्यक्ष तथा खेलको आर्थिक संयोजक नेत्र कुमार सेढाई (सन्तोष) ले जानकरी दिनुभयो। साथै इच्छुक व्यक्ति तथा संस्थाले आर्थिक सहयोग समेत गर्न सकिने उहाँले बताउनुभयो।

खेलमा प्रथम हुने टीमले ५०,०००/- तथा द्वितीय हुने टीमले २५,०००/- प्राप्त गर्नेछन्। खेल माघ २१ गतेसम्म सञ्चालन हुनेछ।

आयोजित सम्मेलनको सञ्चालन तथा सहजीकरण आयोजक क्लबका सचिव जयराम बास्कोटाले गर्नुभएको थियो

प्रतिक्रिया दिनुहोस
बहुप्रतिक्षित टाटाको इभि पन्च एकैपटक चार शहरमा लन्च

    नेपालमा बहुप्रतिक्षित टाटाको पन्च इभी एकैपटक चार शहरमा – चितवन, पोखरा,

पहिलो पटक मनायो मधेश सरकारले संविधान दिवस

    मधेश सरकारले पहिलो पटक औपचारिक रूपमा संविधान दिवस मनाएको छ ।

संविधान दिवसको अवसरमा सैनिक मञ्च टुँडिखेलमा विशेष कार्यक्रम

   संविधान दिवस तथा राष्ट्रिय दिवस-२०८१ को अवसरमा सैनिक मञ्च टुँडिखेलमा आयोजित विशेष

ज्यानको खतरा रहेको भन्दै प्रहरीमा पुगिन् सीके राउतकी पत्नी

    जनमत पार्टीका अध्यक्ष डा. सीके राउतकी पत्नी सोनी सिन्धु सुरक्षाको माग