भारतले नेपाललाई १ करोड खोप निःशुल्क दिइने



हाम्रो इकोनोमि

 

 

भारतले नेपाललाई कोरोनाभाइरस विरुद्धको १ करोड डोज खोप निःशुल्क उपलब्ध गराउने भएको छ । भारतीय केन्द्रिय स्वास्थ्य समितिले नेपाल र भुटानलाई उक्त परिमाणमा खोप निर्यात गर्ने निर्णय गरेको समाचार एजेन्सी मिन्टले जनाएको छ । बंगलादेशले भने २ करोड डोज खोप गिफ्टको रुपमा पाउने जनाइएको छ । भुटानी प्रधानमन्त्री लोते छिरिङले पनि भारतले आफ्नो देशलाई निःशुल्क खोप उपलब्ध गराउन लागेको ट्वीट गरेका छन् । भारतले श्रीलंका, अफगानिस्तान, मौरिसस र माल्दिभ्सलाई पनि खोप उपलब्ध गराउने भएको छ ।

भारतले छिमेकी देशलाई १० मिलियन डोज खोप वितरण गर्ने भएको छ । भारतीय मिडियाले यो निर्णयलाई खोप कुटनीतिको कदमको रुपमा लिएका छन् । छिमेकी सम्बन्ध हार्दिक बनाउन खोप कुटनीतिले काम गर्ने उनीहरुको ठम्याइ छ । बैठकपछि मिन्ट एजेन्सीसँग कुरा गर्दै भारतीय स्वास्थ्य मन्त्रालयका एक अधिकारीले सीरम इन्स्टिच्युटको कोभिसिल्ड र बायोटेकको कोभ्याक्सिनका १० मिलियन डोज छिमेकीलाई प्रदान गर्ने निर्णय भएको हो । आउने साता यी परिमाणको डोजको आपूर्ति सुरु हुने समेत भारतले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
चुनाव परिणाम अस्वभाविक र जादुमय : ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले हालै भएको निर्वाचनको परिणा अस्वभाविक,...

कांग्रेस, एमाले र नेकपा संसद्को एउटै बेञ्चमा

    गत २१ फागुनमा भएको निर्वाचनपछि पहिलोपटक प्रतिनिधिसभा बैठक बसेको छ ।...

नवनिर्वाचित सांसदहरूले लिए शपथ

     प्रतिनिधिसभाका नवनिर्वाचित सांसदहरूले शपथ ग्रहण गरेका छन् । सिंहदरबारस्थित संसद्को अस्थायी...

कार्की आयोगको प्रतिवेदन सार्वजनिक नगरी दलहरूले चुनावमा भाग लिनु कमजोरी थियो

    नेपालको राजनीतिक इतिहासमा आन्दोलनले लोकतन्त्र स्थापना र अधिकार सुनिश्चित गर्ने महत्वपूर्ण...