हामीबाट ठुलो गल्ती भयाे : प्रचण्ड-माधव



हाम्रो इकोनोमि

 

नेकपाकाे प्रचण्ड समूहले विगतमा आफूहरूबाट गल्ती भएकाे बताएकाे छ । साे समूहका अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालले विगतमा आफूहरूले पनि गल्ती गरेकाे उल्लेख गर्नुभएकाे हाे ।

साेमबार आम जनसमुदाय एवं कार्यकर्ता पङ्तीलाई सम्बोधन गरेर अध्यक्षद्धयले जारी गर्नुभएकाे अपीलमा आफूहरुबाट विगतमा गल्तीहरु भएका र अब आत्मालोचना गरेर अगाडि बढ्नुकाे विकल्प नरहेकाे उल्लेख छ ।

नेताहरूले विगतका गल्ती केलाएर र आत्मआलोचित भएर जनभावनाअनुरुप अगाडि बढ्नुपर्ने उल्लेख गर्दै अपीलमा लेखिएकाे छ – ‘राजनीतिक दलका नेताहरुले पनि विगतका हाम्रा गल्तीहरुलाई केलाउनु पर्ने र आत्मआलोचित भएर जनभावनाअनुरुप अगाडि बढ्नुपर्छ, यसप्रति हाम्रो गम्भीर ध्यान गएको छ, हामीबाट विगतमा भएका कतिपय गल्ती कमजोरीहरुप्रति सजग हुँदै भविष्यमा फेरि त्यस्ता कमी–कमजोरी नदोहोरिउन् भन्नेमा हामी सचेत छौं ।

लोकतन्त्रमा नागरिकहरुले दल र नेताहरुको आलोचना गर्नु स्वभाविक भएका उल्लेख गर्दै अपीलमा अहिले जनस्तरबाट आफूहरूकाे पनि आलोचना भइरहेको उल्लेख छ । अपीलमा लेखिएकाे छ – ‘यतिबेला नागरिक समाज र आम जनताबाट हाम्रो पनि केही आलोचना भइरहेको छ । लोकतन्त्रमा नागरिकहरुले दल र दलका नेताहरुको आलोचना गर्नु स्वभाविक मात्र हैन आवश्यक पनि हुन्छ, त्यस्तो आलोचना तथ्यमा आधारित, बस्तुनिष्ठ र सन्तुलित हुनुपर्छ र यस्तो आलोचनाको स्वागत गर्नुपर्छ ।’

पार्टीपंक्तिका लागि भनेर जारी गरिएकाे अपील प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीविरूद्ध केन्द्रित छ । प्रधानमन्त्रीले के ठिक र बेठिक छुट्टयाउन नसेको, प्रतिनिधि सभालाई अचेत बनाएको र न्यायालयलाई धम्क्याएको गम्भीर आराेप प्रचण्ड-माधवले लगाउनुभएकाे छ ।

प्रधानमन्त्रीमाथि प्रहार गर्नुभएका प्रचण्ड-माधवले राष्ट्रपति विद्यादेवी भण्डारीलाई समेत छाेड्नुभएकाे छैन । प्रधानमन्त्रीले संविधानको घाँटी निमोठ्दै प्रतिनिधि सभा विघटन गर्नुभएकाे र राष्ट्रपति विद्यादेवी भण्डारीले सोच विचारै नगरी प्रधानमन्त्रीको लहलहैमा लागेर असंवैधानिक सिफारिसलाई सदर गर्नुभएकाे उहाँहरूकाे आराेप छ ।

सबै कुरालाई थाती राखेर प्रतिनिधि सभा विघटन विरुद्धको आन्दोलनमा सामेल हुन प्रचण्ड-माधवले सबैसँग अपील गर्नुभएकाे छ । विघटन गर्ने असंवैधानिक कदमविरुद्ध जाग्न र संविधानको रक्षा गर्न सडक संघर्षमा लाग्न उहाँहरूकाे अपील छ ।

प्रतिक्रिया दिनुहोस
हुम्लाको दक्षिण क्षेत्रका चार गाउँपालिकामा नुन अभाव

     हुम्लाको दक्षिण क्षेत्रका चार गाउँपालिकाका बासिन्दाले बर्सेनि नुन अभाव झेल्दै आएका...

ओली भेट्न गुन्डु पुगे राष्ट्रपति पौडेल

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली भेट्न राष्ट्रपति रामचन्द्र पौडेल गुन्डु...

इरानसँग चलिरहेको युद्ध चाँडै अन्त्य हुन्छ : ट्रम्प

    अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग चलिरहेको युद्ध चाँडै अन्त्य हुने संकेत...

होर्मुज स्ट्रेट सञ्चालनमा सहयोग नभए नेटोको भविष्य नराम्रो हुनेछ : ट्रम्प

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युरोपेली मुलुकहरूले होर्मुज स्ट्रेट पुन: सञ्चालन लागि...