नेपालमा पनि भेटियो नयाँ प्रजातिको कोरोनाभाइरस



हाम्रो इकोनोमि

 

नेपालमा नयाँ प्रजातिको कोरोना भाइरस भित्रिएको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमवार विज्ञप्तिमार्फत नयाँ भाइरस पुष्टि भएको जनाएको छ । कोभिड -१९ को नयाँ प्रजाति (भेरियन्ट) बेलायतबाट केही दिन अघि नेपाल फर्किएका ६ वटा नमुनाको सार्स कोभ २ परीक्षणको नतिजा नेपालमा परीक्षण गर्दा ३ वटा नमुनामा एस जेनी टार्गेट नेगेटिभ देखिएको थियो ।

उनीहरुमा नयाँ प्रजातिको भाइरसको संक्रमण भएको हो होइन भन्ने पुष्टि गर्नका लागि गत पुस २७ गते विश्व स्वास्थ्य संगठनको सहयोगमा हङकङ प्रयोगशाला पठाइएको थियो । ती नजिताहरु राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालालाई ईमेल मार्फत आज ५ गते प्राप्त भएकोमा ३ जनामा नयाँ प्रजातिको भाइरस पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

नयाँ भाइरस पुष्टि हुनेमा २८ वर्षीया महिला, ६७ वर्षीय पुरुष र ३२ वर्षीयम पुरुष रहेका छन् । उक्त प्रजाति बेलायतमा देखिएकै नयाँ भेरियन्ट भएको पुष्टि भएको हो । तीन जनामध्ये २८ वर्षीय महिला र ३२ वर्षीय पुरुषको हाल रिपोट नेगेटिभ आइसकेको र ६७ वर्षीय पुरुषको भने पोजेटिभ नै रहेको छ । तर उनमा लक्षण नदेखिएको मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले जानकारी  दिए । मन्त्रालयले नयाँ भाइरसको भ्याक्सिन नेपालमा उपलब्ध नभएसम्म सावधानी अपनाउन समेत आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस
सरकारले ओली, देउवा र प्रचण्डको सम्पत्ति छानबिन गर्ने

    तीन पूर्वप्रधानमन्त्रीको सम्पत्ति छानबिन प्रक्रिया अघि बढेको छ । पूर्वप्रधानमन्त्रीहरू शेरबहादुर...

ट्रम्पविरुद्ध लाखौं जनता सडकमा, ३ हजारभन्दा बढी स्थानमा प्रदर्शन

    अमेरिकाका प्रमुख सहरदेखि साना गाउँहरूसम्म राष्ट्रपति डोनाल्ड ट्रम्प र उनको प्रशासनका...

पूर्वमन्त्री दीपक खड्का पक्राउ

  नेपाली कांग्रेसका नेता एवं पूर्व ऊर्जामन्त्री दीपक खड्का पक्राउ परेका छन् ।...

अपरिपक्व ढंगले ओली-लेखक पक्राउ गरियो : पूर्वराष्ट्रपति भण्डारी

     पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले केपी ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ...