मेरो टाउको चिलाएको छ, यसपटक लाठी खान मन छ : प्रचण्ड



हाम्रो इकोनोमि

 

विभाजित नेकपाका अध्यक्ष प्रचण्डले यसपटक लाठी खाएर टाउको फुटाउन मन भएको बताएका छन् । प्रचण्ड-माधव नेपाल निकट अनेरास्ववियूको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले युवा विद्यार्थीलाई आक्रामक बन्न निर्देशन दिँदै आफू अग्रभागमा उभिएर लाठी खान तयार रहेको बताएका हुन् । प्रज्ञा भवनमा गर्जिदै उनले भने– मलाई यसपटक किन किन टाउको चिलाएको छ, उहिले गिरिजाबाबु जस्तै आन्दोलनको अगाडि जान्छु । यसपटक लाठी खान मन छ, आन्दोलन आक्रामक बनाउनुस्।

विद्यार्थी भेलालाई सम्बोधन गर्दै प्रचण्डले आफू हिजो जनयुद्ध गर्दा पनि मर्न तयार भएर हिँडेको र फेरि पनि मर्न तयार रहेको बताए । उनले विद्यार्थीलाई आक्रामक र आवेगमा आउन निर्देशन दिँदै भेजिटेरियन (शाकहरी) खालको आन्दोलनले काम नहुने बताए । विगतमा आफू भावुक बन्दा केपी ओलीले धुर्त्याइँ गरेको भन्दै मुर्मुरिएर भाषण गरेका प्रचण्डले सम्झिँदा आक्रोश उत्पन्न हुने गरेको सुनाए । उनले आफ्नो कुर्सी ओलीले भाँचेकै दिनदेखि पार्टी एकता टुटेको बताए ।

प्रतिक्रिया दिनुहोस
हुम्लाको दक्षिण क्षेत्रका चार गाउँपालिकामा नुन अभाव

     हुम्लाको दक्षिण क्षेत्रका चार गाउँपालिकाका बासिन्दाले बर्सेनि नुन अभाव झेल्दै आएका...

ओली भेट्न गुन्डु पुगे राष्ट्रपति पौडेल

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली भेट्न राष्ट्रपति रामचन्द्र पौडेल गुन्डु...

इरानसँग चलिरहेको युद्ध चाँडै अन्त्य हुन्छ : ट्रम्प

    अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग चलिरहेको युद्ध चाँडै अन्त्य हुने संकेत...

होर्मुज स्ट्रेट सञ्चालनमा सहयोग नभए नेटोको भविष्य नराम्रो हुनेछ : ट्रम्प

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युरोपेली मुलुकहरूले होर्मुज स्ट्रेट पुन: सञ्चालन लागि...