कोरोना खोप लगाएका २९ जनाको मृत्यु



हाम्रो इकोनोमि

 

 

 नर्वेमा कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोप लिएका २९ जनाको मृत्यु भएको छ । समाचार संस्था ब्लूमवर्गका अनुसार फाइजरले बायोएनटेकसँग मिलेर बनाएको कोरोना खोप लगाएका २९ जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा सबै ७५ वर्षभन्दा माथिका ज्येष्ठ नागरिकहरु छन् । उनीहरु सबैलाई कोरोना खोपको पहिलो डोज दिइएको थियो । मृत्यु हुने सबैमा गम्भीर स्वास्थ्य समस्या पहिला नै थियो । उनीहरुमध्ये धेरैलाई हार्ट फेलियर, डिमेन्सिया लगायत दीर्घरोग थियो । कोरोना खोप दिइएका २९ जनाको मृत्यु भएसँगै नर्वेका अधिकारीहरुले खोपबारे चासो व्यक्त गरेका छन् ।

अहिलेसम्म नर्वेमा ४२ हजार मानिसले कोरोना खोपको पहिलो डोज लिइसकेका छन् । नर्वेले कोरोनाबाट सबैभन्दा बढी जोखिममा रहेका मानिसहरुलाई पहिलो चरणमा कोरोना खोप दिइरहेको छ । नर्वेजियन मेडिसिन एजेन्सीले अहिलेसम्म नर्वेमा फाइजरको कोरोना खोप मात्र लगाइएकाले २९ जनाकै मृत्यु फाइजरको कोरोना खोपसँग सम्बन्धित रहेको बताएको छ । डेलीमेलका अनुसार मृत्यु हुनेमध्ये २३ जनाको मृत्यु खोपको साइड इफेक्टको कारण हुन सक्ने नर्वेको स्वास्थ्य प्रमुखले बताएको उल्लेख गरेको छ । नर्वेजियन मेडिसिन एजेन्सीले फाइजरको खोपबारे चिन्तित नरहेको बताएको छ । यद्यपि अहिले देखिएको नतिजालाई भने नकार्न नसकिने एजेन्सीले बताएको छ ।

एजेन्सीका अधिकारीहरुले अब गम्भीर समस्या देखिएका मानिसहरुलाई खोप दिँदै व्यक्तिगत अनुमति लिनु अनिवार्य गरिएको बताएका छन् । फाइजरको कोरोना खोप परीक्षणको क्रममा पनि ८५ वर्षभन्दा बढी उमेरका मानिसहरुलाई समावेश गरिएको थिएन । त्यसैले ज्येष्ठ नागरिकहरुलाई यो खोप दिँदा समस्या उत्पन्न हुन सक्ने केहीको भनाइ छ । नर्वेमा गत जनवरी १ देखि कोरोना खोप कार्यक्रम सुरु भएको हो । नर्वेमा कोरोना खोप लगाएका मानिसहरुलाई पखाला, बान्ता र श्वासप्रश्वासमा समस्या, खोकीलगायतका साइडइफेक्ट पनि देखिएका छन् ।

प्रतिक्रिया दिनुहोस
टर्किस एयरको इन्जिनमा आगो लाग्यो, काेलकातामा आकस्मिक ल्याण्ड

    काठमाडौंबाट टर्कीको इस्तानबुलका लागि उडान भरेको टर्किस एयरलाइन्सको जहाजमा प्राविधिक समस्या...

एमालेको घोषणापत्रमा स्वतन्त्रता, स्वाभिमान, राष्ट्रियता, विकास र सुशासन आउँछ : ईश्वर पोखरेल

    नेकपा (एमाले) का नेता तथा काठमाडौं क्षेत्र नं ५ का प्रतिनिधिसभा...

संसद् पुनर्स्थापना नै लोकतन्त्र फर्काउने उपाय : राजन भट्टराई

    नेकपा (एमाले) का सचिव तथा काठमाडौं क्षेत्र नं ४ का प्रतिनिधिसभा...

सरकार निर्वाचन सार्ने षडयन्त्रमा छ : एमाले

    नेकपा (एमाले) का उपाध्यक्ष एवं निर्वाचन परिचालन कमिटीका संयोजक रामबहादुर थापाले...