ओलीको रोग सर्छ कि भनेर हामी अलग्गिएका हौँ : प्रचण्ड



हाम्रो इकोनोमि

 

 

नेकपा दाहाल-नेपाल पक्षका अध्यक्ष प्रचण्डले पार्टी विभाजनको कारण प्रधानमन्त्री केपी शर्मा ओलीसँगको व्यक्तिगत रिसइवी  नभएको बताएका छन्। राष्‍ट्रिय युवा संघ नेपाल केन्द्रीय कमिटीको पूर्ण बैठकलाई सम्बोधन गर्दै प्रचण्डले ओलीले संविधानमाथि प्रहार गरेकोले आक्रामक हुनुपर्ने बाध्यता सिर्जना भएको दाबी गरे ।

ओलीलाई कारबाही गर्नुको औचित्य प्रष्‍ट्याउँदै उनले तपाईंको बाटो पतनको बाटो त्यो हामीलाई स्वीकार्य छैन भनेर ओलीलाई सम्झाएको बताए । तपाईंको विरोध गरेको मात्र हैन हामीभित्र पनि तपाईंको रोग सर्छ कि भनेर हामीमा संक्रमण सर्नुअघि तपाईंलाई मेजर अप्रेसन गर्नुपरेको हो । दाहालले भने- जनताले तपाईंलाई प्रधानमन्त्री बनाएका हैनन् । निर्वाचित भएका सबै प्रधानमन्त्री हुँदैनन् । पार्टीले बनाएको हो । त्यही भएर सचिवालय र स्थायी कमिटीबाट प्रधानमन्त्री हटाउन खोज्दा बैठकमै नआउने, बैठक छल्ने, बीचैमा उठेर भाग्‍ने गर्नुभयो पार्टीभित्रै बहस गरेर देशलाई डुबाउनबाट बचाउन सक्नुहुन्थ्यो ।

प्रतिक्रिया दिनुहोस
हुम्लाको दक्षिण क्षेत्रका चार गाउँपालिकामा नुन अभाव

     हुम्लाको दक्षिण क्षेत्रका चार गाउँपालिकाका बासिन्दाले बर्सेनि नुन अभाव झेल्दै आएका...

ओली भेट्न गुन्डु पुगे राष्ट्रपति पौडेल

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली भेट्न राष्ट्रपति रामचन्द्र पौडेल गुन्डु...

इरानसँग चलिरहेको युद्ध चाँडै अन्त्य हुन्छ : ट्रम्प

    अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग चलिरहेको युद्ध चाँडै अन्त्य हुने संकेत...

होर्मुज स्ट्रेट सञ्चालनमा सहयोग नभए नेटोको भविष्य नराम्रो हुनेछ : ट्रम्प

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युरोपेली मुलुकहरूले होर्मुज स्ट्रेट पुन: सञ्चालन लागि...