यती समुहद्धारा समाचारको खण्डन



 

 

नेपालको समग्र पर्यटन विकास र राष्ट्रको पर्यटन अर्थतन्त्रका असिमित संभावनालाई अन्तर्राष्ट्रिय स्तरमा फैलाउन झण्डै ४ दशकदेखि अग्रणी भूमिका निर्वाह गर्दै आइरहेको पर्यटन क्षेत्रको अग्रणी यती समुहले दरबार मार्ग स्थित नेपाल ट्रष्टको जग्गामा निर्माण गरिएको भवन नेपाल ट्रष्ट र काठमाडौं महानगरपालिकाकै आदेशमा निर्माण गरिएकोे जनाएको छ । केही मिडियाले भ्रमपुर्ण र कपोकल्पित समाचार प्रकाशन गरेको भन्दै यती समुहले मंगलबार विज्ञप्ती नै प्रकाशित गरी भवन निर्माण कानुनी आधारबाटै भएको स्पष्ट पारेको हो विगत केही समययता नियमित रूपमा यती समूहका विरुद्ध भइरहेका कपोकल्पित र नियोजित प्रचारवाजीलाई सच्चा देशभक्त, राष्ट्रवादी आदिवासी÷जनजाती शेर्पा समुदायबाट प्रतिनिधित्वगर्ने समूहले गरेको सफलता र प्रगतिप्रतिको इष्र्याको रूपमा लिएका छौं । हामी कानुनको जगमा उभिएर निरन्तर आफनो सेवामुलक पेशाप्रति अझ धेरै प्रतिवद्ध रहिरहने प्रतिवद्धता व्यक्तगर्न चाहन्छौं । यती समुहको तर्फबाट बताईएको छ ।

दरबारमार्गको भवनमा सम्झौताभन्दा बढी तला थपेर भाडा लगाएको भन्ने समाचारमा कुनै सत्यता नभएको स्पष्ट पारेको छ । सरकारले दिएको स्वीकृति अनुसार निर्माण कार्य सम्पन्न भएको र नेपाल ट्रष्टसँगको सम्झौताको आधारमा नै भवन निर्माण गरिएको, नक्सा निर्माण गरे पश्चात ट्रष्टको अनुमोदन र स्वीकृति प्राप्त भए पश्चात कानून बमोजमि सम्बन्धित निकायहरुको स्वीकृति प्राप्त गरी भवन निर्माण गरिएको हो । त्यसैले यो भवनमा ट्रष्टको स्वीकृति पछि राज्यको सम्बन्धित निकायले भवन निर्माण गर्ने अधिकार दिए पछि मात्र भवन निर्माण गरिएको विज्ञप्तीमा उल्लेख छ । विज्ञप्तीमा गोकर्ण रिसोर्टको भाडा रकम नबुझाएको गलत प्रचार गरेको भन्दै कोरोना महामारिमा समेत २०७७ मंसिर २२ गते गोकर्ण रिसोर्टले सम्पुर्ण भाडा चुक्ता गरिसकेको जनाएको छ ।

कोरोना भाइरस (कोभिड १९) ले व्यवसाय शुन्य भए पछि सरकार र सर्वोच्च अदालतले समेत भाडा छुट दिन आदेश दिदाँ समेत ट्रष्टको कार्यालयले असहयोग गरेको समुहको आरोप छ । यता ताहाचल स्थित सोल्टी होटलसँगै रहेको जग्गाका बारेमा नेपाल ट्रष्टले टेण्डर गरी लिज लागेको ३ वर्ष सम्म आन्तरिक व्यवस्थापन गर्न नसक्दा उपभोग गर्न नपाएको र अदालतले २०७६ बैसाख २५ गते फैसला गरे पछि मात्र नक्सा निर्माणको काम शुरु गरेको जनाएको छ । सम्झौतामा नक्सा स्वीकृति भएको ३ वर्ष पछि मात्र भाडा रकम लागु भई बुझाउनु पर्ने भएकाले रकम बुझाउन नपरेको स्पष्ट पारेको छ । गलत चर्चामा ल्याएको चितवनको आँपटारी जग्गाका विषयमा भने समुहले स्पष्ट बनाएको छ । नेपाल ट्रष्टले आँपटारीको जग्गा लिजमा दिएको तर भरतपुर महानगरपालिकले उक्त जग्गा प्रयोगमा असहयोग गरेको जनाएको छ । उपभोग गर्न नपाए पछि सम्झौता रद्द गर्न भनी नेपाल ट्रष्टको कार्यालयमा निवेदन दिए पनि सुनुवाई नभए पछि धरौटी रकम र क्षतिपुर्ती फिर्ताको माग गरी न्यायालय गुहार्न पुगेको जनाएको छ । जग्गाको लिज अधिकार रिसोर्टलाई हस्तान्तरण नभएका विज्ञप्ती मार्फत स्पष्ट बनाएको छ ।

नयाँ पत्रिका दैनिकले निरन्तर ३२ पटक भन्दा बढी एउटै विषयलाई समाचार बनाएर पाठकमा भ्रम सिर्जना गर्न खोज्नुले स्वतन्त्र पत्रकारिताको दुरुपयोग भएको भन्दै सत्यतथ्य बुझेर समाचार संप्रेषण गर्न अनुरोध समेत गरेको छ । भ्रामक समाचार प्रकाशित गरेर यती समूह विरुद्ध नियोजित आक्रमण गरिरहेको र यसले नेपाली समुदायमा भ्रम सिर्जना गर्ने काम भइरहेको छ । यस्ता पत्रिकाहरुले पत्रकारिताको न्युनतम मर्म समेत पालना नगरिएको समुहका एक सदस्यले बताए । वहाँले एक पक्षीय ढंगले प्रकाशित समाचारले व्यवसायिक प्रतिष्ठामाथि क्षति पु¥याउने कोसिस भइरहे पनी यसबाट कति पनि विचलित नभई त्यस्ता झुट र कपोकल्पित समाचारले अझ सशक्त भएर अगाडी वढ्न साहस मिलेको जानकारी दिनुभयो ।
यती समूह विरुद्ध नयाँपत्रिकामा प्रकाशित समाचार श्रृृखंलाबाट आमनेपाली दाजुभाइ तथा दिदी वहिनीहरुमा कुनै भ्रममा नपर्न समेत यस समुहले अपिल गरेको छ साथै कानुनको जगमा उभिएर निरन्तर आफनो सेवामुलक पेशाप्रति रहिरहने प्रतिवद्धता समेत विज्ञप्ती मार्फत व्यक्त गरेको छ ।

प्रतिक्रिया दिनुहोस
रविपत्नी निकिता पौडेलपनि पोखरा जाँदै

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेलाई पार्टी

सहकारी ठगी आरोपमा रवि लामिछाने पक्राउ

   सहकारीको रकम गोर्खा मिडिया नेटवर्क प्रा.लि.मा अपचलन गरेको आरोपमा राष्ट्रिय स्वतन्त्र पार्टी

पार्टी कार्यालयमा जम्मा हुन थाले रास्वपाका नेताहरु

    राष्ट्रिय स्वतन्त्र पार्टीका नेताहरु पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा जम्मा भएका छन्

साना दल फुटाउन अध्यादेश आउने संकेत

    विपक्षी दलहरुले साना दलहरु फुटाउन सरकारले अध्यादेश ल्याउनसक्ने आशंका गरेका छन्