कास्कीका सवै जनप्रतिनिधि ओलीतिर, प्रचण्ड-माधव गुट पत्तासाफ



हाम्रो इकोनोमि

 

 

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बिभाजन गरी अलग समुह बनाउनु भएका पुष्पकमल दाहाल, प्रचण्ड र माधवकुमार नेपाल कास्कीमा निकै कमजोर देखिनुभएको छ । संघीय संसददेखि स्थानीय तहमा निर्वाचित सवै जनप्रतिनिधि प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीकै पक्षमा लागेपछि प्रचण्ड माधवको समुह कास्कीमा निकै रक्षात्मक बन्नुभएको हो ।

कास्की जिल्ला तत्कालीन समयमा पनि पूर्व एमालेको बलियो क्षेत्र हो । जिल्लाका प्रायः सबै जनप्रतिनिधि पूर्व एमालेतर्फबाटै विजयी भएकाले विभाजनपछि पनि ओली पक्षकै दबदबा कायम रहने देखिएको हो । पार्टी विभाजनपछि पूर्वमाओवादीका ठूलो संख्या प्रचण्ड–माधव पक्षमा लागेपनि त्यसले जिल्लाको ‘राजनीतिक समीकरण’मा ठूलो प्रभाव नपार्ने देखिएको छ । नेकपा कास्की जिल्ला अध्यक्ष कृष्ण थापा पूर्वमाओवादी बाहिरिए पनि एमालेको सबै हिस्सा आफूहरुसँगै रहेको बताउनु हुन्छ ।

कास्कीबाट विजयी भएका विघटित प्रतिनिधिसभा सदस्यसमेत सबै ओली नेतृत्वको नेकपामै रहनुभएको छ । प्रतिनिधि सभामा कास्कीबाट खगराज अधिकारी, विद्या भट्टराई अधिकारी र जगत विश्वकर्मा गरी ३ जना विजयी हुनुभएको थियो । उहाँहरु सवै ओली नेतृत्वको नेकपामै रहनुभएको छ । कास्कीका विभिन्न क्षेत्रबाट प्रदेश सभामा ११ जनाले प्रतिनिधित्व गर्छन् । जसमध्ये ३ जनामात्रै प्रचण्ड माधव समूहमा गएका छन । ८ जना पूर्व एमालेबाट निर्वाचित भएका सवै आफूहरुसँगै रहेको थापा बताउनु हुन्छ ।

प्रतिनिधिसभा र प्रदेश सभा
विघटित प्रतिनिधिसभाका तीनै जना प्रत्यक्ष निर्वाचित सांसद ओली पक्षमा छन् भने प्रदेशसभाका ११ मध्ये ८ जना ओली पक्षमा लागेका छन ।

प्रतिनिधिसभा
कास्की १– खगराज अधिकारी
कास्की २– विद्या भट्टराई अधिकारी
कास्की ३– जगत विश्वकर्मा

प्रदेशसभा
१ क– दिपक कोइराला
१ ख–मनवहादुर गुरुङ
२ क– कृष्ण थापा
३ क– रामजी वराल
३ ख– राजीव पहारी

समानुपातिक
मीना गुरुङ
प्रभा कोइराला
पुष्पा केसी भण्डारी
गायत्री गुरुङ
सिर्जना शर्मा
मित्रकुमारी गुरुङ

पोखरा महानगरपालिका
मेयर–मानवहादुर जिसी
उपमेयर– मन्जु गुरुङ

रुपा गाउँपालिका
अध्यक्ष–नवराज ओझा
उपाध्यक्ष– लालशोभा गुरुङ

मादी गाउँपालिका
अध्यक्ष–देववहादुर गुरुङ
उपाध्यक्ष–बिष्णुमाया गुरुङ

माछापुच्छ्रे गाउँपालिका
अध्यक्ष–कर्ण गुरुङ
उपाध्यक्ष– कृष्ण दवाडी

अन्नपूर्ण गाउँपालिका
उपाध्यक्ष–सगुन गुरुङ

प्रतिक्रिया दिनुहोस
एमालेले प्रत्येक मतदान केन्द्रमा ३० जना भोलेन्टियर फोर्स खटाउने

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी निर्वाचनलाई निष्पक्ष र सुरक्षित...

मैले सरकार छाडेपछि देश ड्राइभरबिनाको गाडीजस्तो हुन्छ : ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूले सरकार छाडेपछि देश ड्राइभरबिनाको...

बुथ कब्जा गर्ने कल्पना कसैले नगरे हुन्छ : ओली

    नेकपा एमालेका अध्यक्ष केपी ओलीले पार्टीप्रति प्रश्न उठाउने ठाउँ नै नभएको...

भदौ २४ को बिध्वंशका १० हजार भिडिओ क्लिप संकलन

    भदौ २३ र २४ गतेको घटना छानबिन गर्न गठित गौरीबहादुर कार्की...