मघेशी दल फेरी फुटने संकेत, जसपामा अर्को लफडा सुरु



हाम्रो इकोनोमि

 

 

जनता समाजवादी पार्टी (जसपा) ले संसद् विघटनविरुद्ध सिरहामा गर्न लागेको सभा विवादित बनेको छ । आन्दोलनको घोषणा गर्दा सभामा सहभागी हुने नेताको नाम मर्यादाक्रम मिचेर राखेपछि विवाद उत्पन्न भएको हो । जसपाले जनप्रदर्शन एवम् विरोध सम्बन्धी कार्यक्रमका लागि जारी गरेको परिपत्रमा माघ ३ मा सिरहामा हुने प्रदर्शन तथा सभामा रेणुकुमारी यादव, अनिल झा, विजय यादव र राजकिशोर यादव सहभागी हुने उल्लेख छ । परिपत्र गर्दा मर्यादाक्रम मिचेर आफ्नो नाम सबभन्दा तल राखेकोमा नेता राजकिशोर यादवले असन्तुष्टी पोखेका छन् । उनले कार्यक्रम नै बहिष्कार गर्ने बुझिएको छ ।

अहिले सिरहामा जताततै मर्यादाक्रमबारे अनेक टिकाटिप्पणी भइरहेका बेला राजकिशोर निकट नेता राजाराम यादव र जसपा अध्यक्ष उपेन्द्र यादवसँग फोनमा चर्काचर्की भएको अडियो सार्वजनिक भएको छ । उपेन्द्र यादव परिपत्रमा मर्यादाक्रम अनुसार नाम नलेखेको बताउँछन् । तर, नेता राजाराम त्यो नसच्याए एउटा समूह (राजकिशोरका समर्थक) कार्यक्रममा सहभागी नहुने भन्छन् । त्यसपछि उपेन्द्र यादवले रिसाएर ‘ओलीको कार्यक्रममा जान र पार्टी छाडेर भाग्न’ भनेका छन् ।

जवाफमा नेता राजारामले भनेका छन्,–तपाई डिक्टेटरशीप चलाउनुहुन्छ । अध्यक्ष हुनुहुन्छ भने के भयो ? तपाई आउनुस् सिरहा हामी पार्टीकै मान्छे कालो झण्डा देखाउँछौं ।’ उनले सिरहाको कार्यक्रम समेत राजकिशोरको समूहले बहिष्कार गर्ने चेतावनी दिएका छन् । राजकिशोर यादव तत्कालिन राजपाका अध्यक्ष मण्डल सदस्य थिए । पार्टी एकतापछि उनी रेणु यादवभन्दा पनि मर्यादाक्रममा अगाडी छन् । फोनमा भएको चर्काचर्कीले पार्टीको एकता प्रक्रियामा असर पर्ने देखिन्छ ।

प्रतिक्रिया दिनुहोस
हुम्लाको दक्षिण क्षेत्रका चार गाउँपालिकामा नुन अभाव

     हुम्लाको दक्षिण क्षेत्रका चार गाउँपालिकाका बासिन्दाले बर्सेनि नुन अभाव झेल्दै आएका...

ओली भेट्न गुन्डु पुगे राष्ट्रपति पौडेल

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली भेट्न राष्ट्रपति रामचन्द्र पौडेल गुन्डु...

इरानसँग चलिरहेको युद्ध चाँडै अन्त्य हुन्छ : ट्रम्प

    अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग चलिरहेको युद्ध चाँडै अन्त्य हुने संकेत...

होर्मुज स्ट्रेट सञ्चालनमा सहयोग नभए नेटोको भविष्य नराम्रो हुनेछ : ट्रम्प

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युरोपेली मुलुकहरूले होर्मुज स्ट्रेट पुन: सञ्चालन लागि...