प्रचण्ड र माधवको कारण संसद विघटन हुनपुग्योः उपाध्यक्ष गाैतम



हाम्रो इकोनोमि

 

 

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का उपाध्यक्ष बामदेव गौतमले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र बरिष्ठ नेता माधवकुमार नेपालले गम्भीर अनैतिक कार्य गरेको खुलासा गर्नुभएको छ । पत्रकार भुषण दाहालसँगको अन्तर्वार्तामा नेता गौतमले प्रचण्ड माधवले गम्भीर गल्ती गरेपछि नै प्रधानमन्त्री केपी शर्मा ओलीले बाध्य भएर प्रतिनिधिसभा बिघटन गर्नुभएको उल्लेख गर्नुभयो । पार्टीको प्रथम अध्यक्षलाई जानकारी नै नदिएर प्रचण्ड र माधवले अबिश्वासको प्रस्ताव लगेकोले प्रधानमन्त्री ओलीले संसद बिघटन गरेको तथ्यलाई कसैले छोप्न नसक्ने पनि उपाध्यक्ष गौतमले बताउनुभयो ।

नेता गौतमले माधव नेपाल र प्रचण्ड सात महिना अघि देखि नै प्रधानमन्त्रीबिरुद्ध अबिश्वासको प्रस्ताव लैजाने गृहकार्यमा रहेको र आफूले असफल बनाएपछि जानकारी नै नदिएर प्रधानमन्त्रीबिरुद्ध संसदमै अबिश्वासको प्रस्ताव लगेर अनैतिक काम गर्नुभएको बताउनुभयो ।

गौतमले भन्नुभयो, ‘अबिश्वासको प्रस्ताव दर्ता गर्न प्रचण्ड र माधव नेपालले नलगेको भए केपीले त्यो कदम (प्रतिनिधिसभा बिघटन) चाल्नुहने थिएन, उहाँहरुले अबिश्वासको प्रस्ताव लैजानुभयो । केपीका सूचना संयन्त्रहरुका कारण उहाँले थाह पाएर दर्ता गर्नुभन्दा पहिला नै कदम चालिदिनुभयो । पार्टी अध्यक्षबाट नहटाइकन प्रधानमन्त्रीबाट हटाउन अबिश्वासको प्रस्ताव राख्न मिल्दैन, यो अनैतिक काम हुन्छ, प्रचण्ड माधवले त्यही अनैतिक काम गर्नुभयो ।’

अबिश्वासको प्रस्ताव लैजानुअघि पार्टीकोनिर्णय अनिवार्य हुनुपर्नेमा प्रचण्ड र माधवले त्यो काम पनि नगरेको र कुनै पनि कमिटीबाट प्रधानमन्त्रीलाई राजीनामा दिने निर्णय नभएको बताउनु भयो । संसदमा अबिश्वासको प्रस्तावअघि संसदीय दलमा जानुपर्ने काम पनि प्रचण्ड र माधवबाट नभइ हठात अबिश्वासको प्रस्ताव लगेको गौतमले बताउनुभयो । नेता गौतमले नेकपा बिभाजन भइसके पनि बिभाजनको औचित्य भने कसैले पुष्टि गर्न नसक्ने उल्लेख गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस
हुम्लाको दक्षिण क्षेत्रका चार गाउँपालिकामा नुन अभाव

     हुम्लाको दक्षिण क्षेत्रका चार गाउँपालिकाका बासिन्दाले बर्सेनि नुन अभाव झेल्दै आएका...

ओली भेट्न गुन्डु पुगे राष्ट्रपति पौडेल

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली भेट्न राष्ट्रपति रामचन्द्र पौडेल गुन्डु...

इरानसँग चलिरहेको युद्ध चाँडै अन्त्य हुन्छ : ट्रम्प

    अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग चलिरहेको युद्ध चाँडै अन्त्य हुने संकेत...

होर्मुज स्ट्रेट सञ्चालनमा सहयोग नभए नेटोको भविष्य नराम्रो हुनेछ : ट्रम्प

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युरोपेली मुलुकहरूले होर्मुज स्ट्रेट पुन: सञ्चालन लागि...