परराष्ट्रमन्त्रीको भारत भ्रमणको यस्तो छ कार्यतालिका



हाम्रो इकोनोमि

 

परराष्ट्रमन्त्री प्रदीप कुमार ज्ञवाली ३ दिने औपचारिक भ्रमणका लागि आज नयाँदिल्ली गएका छन् । इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा उनलाई भारतीय विदेश मन्त्रालयका उच्च अधिकारीले स्वागत गर्नेछन् । आज भारतमा ज्ञवालीको औपचारिक कार्यक्रम छैन । उनी दिल्लीस्थित नेपाली दूतावासले आयोजना गर्ने कार्यक्रम र अन्य अनौपचारिक कार्यक्रममा सहभागी हुनेछन् ।

शुक्रबार ११ बजे उनले हैदरावाद हाउसमा भारतीय समकक्षी एस जयशंकरसँग द्विपक्षीय भेटघाट गर्नेछन् । त्यसलगत्तै ११ः३० बजे नेपाल–भारत परराष्ट्रमन्त्रीस्तरीय संयुक्त आयोगको बैठक शुरु हुनेछ । सो बैठकपछि उनले नेपाल–भारत सम्बन्ध विषयमा आयोजना हुने एक कार्यक्रमलाई सम्बोधन गर्नेछन् । उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी लगायतका नेताहरुसँग भेटघाट गर्ने भनिए पनि अहिले तय भइसकेको छैन । उनी शनिबार २ बजे स्वदेश फर्कने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया दिनुहोस
हुम्लाको दक्षिण क्षेत्रका चार गाउँपालिकामा नुन अभाव

     हुम्लाको दक्षिण क्षेत्रका चार गाउँपालिकाका बासिन्दाले बर्सेनि नुन अभाव झेल्दै आएका...

ओली भेट्न गुन्डु पुगे राष्ट्रपति पौडेल

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली भेट्न राष्ट्रपति रामचन्द्र पौडेल गुन्डु...

इरानसँग चलिरहेको युद्ध चाँडै अन्त्य हुन्छ : ट्रम्प

    अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग चलिरहेको युद्ध चाँडै अन्त्य हुने संकेत...

होर्मुज स्ट्रेट सञ्चालनमा सहयोग नभए नेटोको भविष्य नराम्रो हुनेछ : ट्रम्प

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युरोपेली मुलुकहरूले होर्मुज स्ट्रेट पुन: सञ्चालन लागि...