निगमको सवा २ अर्ब लाभांश स्वीकृत, सरकारलाई २ अर्ब १६ करोड



हाम्रो इकोनोमि

 

नेपाल आयल निगमको ३९ औं साधारणसभाले सेयरधनीलाई २० प्रतिशत लाभांश दिने सञ्चालक समितिको प्रस्ताव पारित गरेको छ । अब निगमका सेयरधनीले लाभांशवापत २ अर्ब २० करोड रुपैयाँ प्राप्त गर्नेछन् । निगममा सरकार र सरकारका विभिन्न निकायको ९९ प्रतिशत सेयर रहेको छ । निगम नाफामा गएसँगै पछिल्लो चार वर्षदेखि सरकारलाई बोनश तथा लाभांश वितरण गर्दै आएको छ ।

आर्थिक वर्ष २०७६/७७ मा निगमले १२ अर्ब ९० करोड रुपैयाँ नाफा कमाएको छ । २० प्रतिशतका दरले २ अर्ब २० करोड लाभांश रकम दिने निर्णय गरेको निगमले जानकारी दिएको छ । निगम नाफामा गएसँगै आर्थिक वर्ष २०७३/७४ मा १४ करोड, आव ०७४/७५ मा १० अर्ब ७१ करोड बोनश वितरण गरेको थियो । निगम सञ्चालक समिति अध्यक्ष वैकुण्ठ अर्यालको अध्यक्षतामा बसेको ३९औँ वार्षिक साधारणसभाले आर्थिक वर्ष २०७६-७७ को वित्तीय विवरण पारित गरेको हो ।

पारित एनएफआरएसमा तयार पारिएको वित्तीय विवरणानुसार निगमले गत आवमा १२ अर्ब ९१ करोड ४८ लाख ४३ हजार ९ सय ८१ रुपैयाँ नाफा गरेको छ । पारित लाभांश रकममध्ये २ अर्ब १६ करोड ३९ लाख २० हजार रुपैयाँ सरकारी ढुकुटीमा जम्मा हुनेछ । निगममा नेपाल सरकारको ९८.३६ प्रतिशत सेयर छ ।

यस्तै, खाद्य व्यवस्था तथा व्यापार कम्पनीको ०.७८ प्रतिशत, राष्ट्रिय बिमा संस्थानको ०.४७ प्रतिशत, नेपाल बैंकको ०.२३ प्रतिशत तथा राष्ट्रिय वाणिज्य बैंकको ०.१६ प्रतिशत सेयर निगममा छ । आर्थिक वर्ष २०७२/०७३ देखि नियमितरुपमा नाफाबाट निगमले आफ्नो चुक्ता पुँजी २९ करोडबाट बढाएर ११ अर्ब पुर्याएको छ । निगम नाफामा गएसँगै सेयर होल्डरलाई लाभांश वितरण गर्न थालेको छ ।

प्रतिक्रिया दिनुहोस
राष्ट्रपति पौडेल बाढी प्रभावित क्षेत्रमा पुगे

    राष्ट्रपति रामचन्द्र पौडेल बाढी प्रभावित क्षेत्रमा पुगेका छन् । नुवाकोट पुगेर...

त्रिशूली ३ बी मा हराएका आफन्त खोजीको माग गर्दै माइतीघरमा धर्ना

     रसुवा बाढीका क्रममा त्रिशूली ३ बी मा हराएका आफन्तहरुको खोजीको माग...

बाढीले गोरखामा दुई पुल र दुई जलविद्युत् आयोजना बगायो

    उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका–४ नाम्रुङस्थित बूढीगण्डकी र थेराङ खोलाको बाढीले दुई...

भोटेकोशी बाढीमा चार हजार ४४ जना अझै बेपत्ता, एक हजार ३४१ शव फेला

  रसुवास्थित भोटेकोशी नदीमा भदौ १० गते गएको विनाशकारी बाढीमा परी मृत्यु भएकामध्ये...