निगमको सवा २ अर्ब लाभांश स्वीकृत, सरकारलाई २ अर्ब १६ करोड



हाम्रो इकोनोमि

 

नेपाल आयल निगमको ३९ औं साधारणसभाले सेयरधनीलाई २० प्रतिशत लाभांश दिने सञ्चालक समितिको प्रस्ताव पारित गरेको छ । अब निगमका सेयरधनीले लाभांशवापत २ अर्ब २० करोड रुपैयाँ प्राप्त गर्नेछन् । निगममा सरकार र सरकारका विभिन्न निकायको ९९ प्रतिशत सेयर रहेको छ । निगम नाफामा गएसँगै पछिल्लो चार वर्षदेखि सरकारलाई बोनश तथा लाभांश वितरण गर्दै आएको छ ।

आर्थिक वर्ष २०७६/७७ मा निगमले १२ अर्ब ९० करोड रुपैयाँ नाफा कमाएको छ । २० प्रतिशतका दरले २ अर्ब २० करोड लाभांश रकम दिने निर्णय गरेको निगमले जानकारी दिएको छ । निगम नाफामा गएसँगै आर्थिक वर्ष २०७३/७४ मा १४ करोड, आव ०७४/७५ मा १० अर्ब ७१ करोड बोनश वितरण गरेको थियो । निगम सञ्चालक समिति अध्यक्ष वैकुण्ठ अर्यालको अध्यक्षतामा बसेको ३९औँ वार्षिक साधारणसभाले आर्थिक वर्ष २०७६-७७ को वित्तीय विवरण पारित गरेको हो ।

पारित एनएफआरएसमा तयार पारिएको वित्तीय विवरणानुसार निगमले गत आवमा १२ अर्ब ९१ करोड ४८ लाख ४३ हजार ९ सय ८१ रुपैयाँ नाफा गरेको छ । पारित लाभांश रकममध्ये २ अर्ब १६ करोड ३९ लाख २० हजार रुपैयाँ सरकारी ढुकुटीमा जम्मा हुनेछ । निगममा नेपाल सरकारको ९८.३६ प्रतिशत सेयर छ ।

यस्तै, खाद्य व्यवस्था तथा व्यापार कम्पनीको ०.७८ प्रतिशत, राष्ट्रिय बिमा संस्थानको ०.४७ प्रतिशत, नेपाल बैंकको ०.२३ प्रतिशत तथा राष्ट्रिय वाणिज्य बैंकको ०.१६ प्रतिशत सेयर निगममा छ । आर्थिक वर्ष २०७२/०७३ देखि नियमितरुपमा नाफाबाट निगमले आफ्नो चुक्ता पुँजी २९ करोडबाट बढाएर ११ अर्ब पुर्याएको छ । निगम नाफामा गएसँगै सेयर होल्डरलाई लाभांश वितरण गर्न थालेको छ ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...