प्रचण्डलाई हजार वर्ष कैद गरे पनि कम हुन्छ– राजेन्द्र महतो



हाम्रो इकोनोमि

 

जनता समाजवादी पार्टी (जसपा)का नेता राजेन्द्र महतोले नेकपा (प्रचण्ड–माधव पक्ष) अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डमाथि आक्रोश पोखेका छन् । संसद विघटनविरुद्ध आयोजित एक कार्यक्रममा नेता महतोले प्रधानमन्त्री केपी शर्मा ओलीको भन्दा प्रचण्डको बढी आलोचना गरे । उनले भने– युद्धताका प्रचण्डले लिम्बुवान, खुम्बुवान, थरुहट, मगरात, मधेसलगायत क्षेत्रमा प्रदेशको सपना बाँडेर हजारौको हत्या गरे । उनलाई हजार वर्ष जेल सजायँ दिए पनि कमै हुन्छ ।

राजनीतिक मुद्दामा रेशम चौधरीलाई जन्मकैद गरिएकोसँग तुलना गर्दै महतोले भने– रेशम चौधरीलाई जन्मकैद हुने भए प्रचण्डलाई एक वर्ष कैद गर्दा पनि पुग्दैन । नेपालको संविधानमै त्रुटि भएको भन्दै उनले संसद विघटन पनि त्यसकै परिणाम भएको तर्क गरे । विरोधसभालाई सम्बोधन गर्दै जसपा नेतृ रेणु यादवले प्रधानमन्त्री ओली मात्र होइन्, प्रचण्ड र माधव नेपाल पनि गलत भएको टिप्पणी गरिन् । उनले भनिन्– ओलीले प्रचण्ड र नेपाललाई चोर भन्छन् । प्रचण्ड–माधव नेपालले ओलीलाई चोर भन्छन् । तर म भन्छु– दुबै जना चोर हुन् । जसपा नेता बृषेशचन्द्र लालले संसद विघटनको सवालमा प्रचण्ड र माधव नेपालले मधेसको मुद्दा सम्बोधन गर्ने, संविधान अपुरो हो र संशोधन गरी मधेसी जनताको अधिकार दिलाउने प्रतिवद्धता नजनाएसम्म संयुक्त रुपमा आन्दोलन गर्न नसक्ने स्पष्ट पारे ।

प्रतिक्रिया दिनुहोस
हुम्लाको दक्षिण क्षेत्रका चार गाउँपालिकामा नुन अभाव

     हुम्लाको दक्षिण क्षेत्रका चार गाउँपालिकाका बासिन्दाले बर्सेनि नुन अभाव झेल्दै आएका...

ओली भेट्न गुन्डु पुगे राष्ट्रपति पौडेल

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली भेट्न राष्ट्रपति रामचन्द्र पौडेल गुन्डु...

इरानसँग चलिरहेको युद्ध चाँडै अन्त्य हुन्छ : ट्रम्प

    अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग चलिरहेको युद्ध चाँडै अन्त्य हुने संकेत...

होर्मुज स्ट्रेट सञ्चालनमा सहयोग नभए नेटोको भविष्य नराम्रो हुनेछ : ट्रम्प

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युरोपेली मुलुकहरूले होर्मुज स्ट्रेट पुन: सञ्चालन लागि...