चुनावमा जानु नै उत्तम विकल्प : नेता भण्डारी



हाम्रो इकोनोमि

 

सर्वोच्च अदालतमा विचाराधीन विषयमा पूर्व प्रधानन्यायाधीशहरुले वक्तव्य निकाल्नु गलत भएको भएको तर्क गर्दै नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले अहिले चुनाव जानु नै उत्तम विकल्प भएको बताएका छन् । संसद विघटन सही कि गलत बेग्लै विषय भए पनि अदालतमा विचारधीन मुद्दामा पूर्व प्रधानन्यायाधीशहरुले सामूहिक वक्तव्य जारी गर्दा फैसला प्रभावित हुनसक्ने उनको बुझाइ छ । रिपोटर्स क्लब लुम्बिनीले सोमबार बुटवलमा आयोजना गरेको साक्षात्कारमा बोल्दै उनले संसद विघटनको विषयमा सर्वोच्चले गर्ने फैसलालाई मान्नुपर्ने बताए ।

‘संसद विघटन गर्न पाउनेबारे अहिलेको संविधानमा केही पनि उल्लेख गरिएका छैन, त्यसैले संविधानमा रहेका अस्पष्टताबारे व्याख्या गर्ने सर्वोच्च अदालतले नै हो,’ उनले भने, ‘सर्वोच्चले जे व्याख्या गर्छ त्यसलाई स्वीकार्नु पर्छ ।’ अहिले संसद विघटन हुनु सकारात्मक भन्दै उनले भने– करिव दुई तिहाई बहुमतको सरकार बनाएको सत्तारुढ दल नेकपामा जनताका बारेमा भन्दा बढी पदकै लागि झगडा भइरह्यो, उनको सरकारले कुनै काम गर्न नसक्ने भएपछि संसद विघटन गरेर चुनावमा जाने निर्णय गर्नु सकारात्मक हो ।

प्रतिक्रिया दिनुहोस
एमालेले प्रत्येक मतदान केन्द्रमा ३० जना भोलेन्टियर फोर्स खटाउने

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी निर्वाचनलाई निष्पक्ष र सुरक्षित...

मैले सरकार छाडेपछि देश ड्राइभरबिनाको गाडीजस्तो हुन्छ : ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूले सरकार छाडेपछि देश ड्राइभरबिनाको...

बुथ कब्जा गर्ने कल्पना कसैले नगरे हुन्छ : ओली

    नेकपा एमालेका अध्यक्ष केपी ओलीले पार्टीप्रति प्रश्न उठाउने ठाउँ नै नभएको...

भदौ २४ को बिध्वंशका १० हजार भिडिओ क्लिप संकलन

    भदौ २३ र २४ गतेको घटना छानबिन गर्न गठित गौरीबहादुर कार्की...