प्रचण्ड-माधव नेपाल निर्वाचन आयोगमा



हाम्रो इकोनोमि

 

नेपाल कम्युनिष्ट पार्टी (प्रचण्ड–माधव)का अध्यक्षद्वय माधवकुमार नेपाल र पुष्पकमल दाहाल ‘प्रचण्ड’ पार्टी आधिकारिकताको माग गर्दै निर्वाचन आयोग पुगेका छन्। निर्वाचन आयोगले जवाफ दिन पठाएको पत्रप्रति पनि उनीहरुले असहमति जनाएका छन्। निर्वाचन आयोगले पुस २३ मा विभाजित दुवै नेकपालाई पत्र लख्दै दल सम्बन्धी नियमावलीको नियम २५ अनुसार ७ दिन भित्र विवरण पठाउन अनुरोध गरिएको थियो।

आयोगले दुवै पक्षका अध्यक्षलाई मान्यता दिंदै विवाद निरुपणका लागि आधिकारिक विवरण पढाउन आग्रह गरेको थियो। तर, आफूहरु नै आधिकारिक भएको भन्दै प्रचण्ड र नेपालले आयोगलाई त्यसको स्मरण गराएका हुन्। प्रतिनिधिसभा विटघनको मुद्दा सर्वोच्च अदालतमा विचाराधीन भएको अवस्थामा आयोगले निर्वाचनको काम अगाडि बढाएको भन्दै प्रचण्ड–माधव पक्ष असन्तुष्ट छ। उनीहरुले निर्वाचन आयोगले सर्वोच्चको मुद्दा प्रभावित पार्न सक्ने ठानेका छन् । त्यस्ता कार्यक्रम हाललाई स्थगन गर्न उनीहरुले सुझाव दिएका छन्।

प्रतिक्रिया दिनुहोस
हुम्लाको दक्षिण क्षेत्रका चार गाउँपालिकामा नुन अभाव

     हुम्लाको दक्षिण क्षेत्रका चार गाउँपालिकाका बासिन्दाले बर्सेनि नुन अभाव झेल्दै आएका...

ओली भेट्न गुन्डु पुगे राष्ट्रपति पौडेल

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली भेट्न राष्ट्रपति रामचन्द्र पौडेल गुन्डु...

इरानसँग चलिरहेको युद्ध चाँडै अन्त्य हुन्छ : ट्रम्प

    अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग चलिरहेको युद्ध चाँडै अन्त्य हुने संकेत...

होर्मुज स्ट्रेट सञ्चालनमा सहयोग नभए नेटोको भविष्य नराम्रो हुनेछ : ट्रम्प

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युरोपेली मुलुकहरूले होर्मुज स्ट्रेट पुन: सञ्चालन लागि...