कता हराए प्रचण्ड ?



हाम्रो इकोनोमि

 

मुलुक राजनीतिक रुपमा संकटग्रस्त बनेका बेला प्रमुख खेलाडी मध्येका एक पुष्पकमल दाहाल ‘प्रचण्ड’ भने यतिबेला गुमनाम छन् । गएको एकसाता अघि उनी पत्नी सीताको उपचार गर्न भारतको मुम्बै गएको खबर सार्वजनिक भएको थियो । त्यसयता भने प्रचण्ड लापता छन् ।

जानकार स्रोत भन्छ– प्रचण्ड अहिले पशुपतिको दर्शन खुद्राको व्यापार गर्दैछन् । अर्थात उनी पत्नीको उपचारसँगै भारतीय नेताहरुसँग गोप्य भेटघाट गरिरहेका छन् ।  दुई छोरीसहित मुम्बै पुगेका प्रचण्ड गएको विहीबार नयाँदिल्ली पुगेका छन् । उनले एसडी मुनिका साथै कर्णेल अशोक मेहतासँग भेट गरेका छन् । साथै, भारतीय काँग्रेस र भारतीय जनता पार्टीका नेताहरुसँग पनि उनले भेटेको स्रोतको दाबी छ ।

भेटका बेला प्रचण्डले सबैसँग प्रधानमन्त्री केपी ओलीले पार्टी भित्र एकलौटी गर्न लाग्दा आफूलगायत वहुमतले प्रतिरोध गर्दा परिस्थिति जटिल बनेको जानकारी दिएका थिए ।  साथै, ओलीले प्रतिनिधिसभा विघटन गरेर लोकतन्त्र नै धरापमा पारेकाले भारतले त्यसको विरोध गर्नुपर्ने धारणा राखेका थिए ।

ओलीले विघटन गरेपछि भारत सरकारले कुनै प्रतिक्रिया दिएकोछैन । विदेश मन्त्रालयले भने विघटन लगत्तै नेपालमा भइरहेका घटनाक्रमलाई नजिकबाट नियालीरहेको प्रतिक्रिया दिएको छ ।

प्रतिक्रिया दिनुहोस
हुम्लाको दक्षिण क्षेत्रका चार गाउँपालिकामा नुन अभाव

     हुम्लाको दक्षिण क्षेत्रका चार गाउँपालिकाका बासिन्दाले बर्सेनि नुन अभाव झेल्दै आएका...

ओली भेट्न गुन्डु पुगे राष्ट्रपति पौडेल

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली भेट्न राष्ट्रपति रामचन्द्र पौडेल गुन्डु...

इरानसँग चलिरहेको युद्ध चाँडै अन्त्य हुन्छ : ट्रम्प

    अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग चलिरहेको युद्ध चाँडै अन्त्य हुने संकेत...

होर्मुज स्ट्रेट सञ्चालनमा सहयोग नभए नेटोको भविष्य नराम्रो हुनेछ : ट्रम्प

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युरोपेली मुलुकहरूले होर्मुज स्ट्रेट पुन: सञ्चालन लागि...