कालापानीदेखि लिम्पियाधुरासम्मको भूभाग फिर्ता हुन्छ : प्रधानमन्त्री ओली



हाम्रो इकोनोमि

 

प्रधानमन्त्री केपी शर्मा ओलीले कालापानीदेखि लिम्पियाधुरासम्मको भूभाग नक्सामा मात्र होइन व्यवहारमै नेपालको नाममा कायम गरेर छाड्ने घोषणा गरेका छन् । राष्ट्रियसभाको बैठकलाई आइतवार सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सुगौली सन्धीले कायम गरेको नेपालको भूभाग मित्रतापूर्ण ढंगले वार्ता गरेरै नेपालको स्वमित्व स्थापित गर्ने बताए । ओलीले नक्सामा सामेल गरेर, संविधान संशोधन गरेपछि केही व्यक्ति अब भूमि पनि आउने भयो भनेर आफूविरुद्ध लागेको टिप्पणी गरे ।

प्रधानमन्त्रीले भने– सुगौली सन्धीपछि १४६ वर्षसम्म हामीले उभोग गरेको हाम्रो भूभाग कालापानीमा भारतीय फौज बसेपछि नक्साबाट समेत गायब भयो । हामीले पहिलोपटक नक्सामा सामेल गरेर संविधानमा राख्यौं । अब मित्रतापूर्ण ढंगले तथ्यका आधारमा छलफल हुँदैछ । त्यो भूभाग कायम गरेर छाड्छौं । स्वामित्व अब नक्सामा मात्र होइन व्यवहारमै हुन्छ । आफूले अघिल्लो पटक संविधान जारी गरे बापत सरकार ढालेर नाकाबन्दी लगाउन सघाएको र यसपटक नक्सा जारी गरेर धेरै राष्ट्रिय महत्वका काम गरेपछि सरकार ढाल्न खोजेको आरोप प्रचण्डमाथि लगाए ।

प्रतिक्रिया दिनुहोस
रवि लामिछानेलाई अदालतबाट थुनामुक्तको आदेश

उच्च अदालत बुटवलका सूचना अधिकारी रामबहादुर कुँवरले रविलाई २ करोड ६८ लाख रुपैयाँ...

१९४२ मत ल्याएर प्रदीप ज्ञवाली केन्द्रीय सदस्यमा विजयी

    एमालेको संस्थापन पक्षका प्रमुख नेता तथा पूर्वउपमहासचिव प्रदीप ज्ञवाली केन्द्रीय सदस्यमा...

अत्यधिक मतले रामकुमारी झाँक्री केन्द्रीय सदस्यमा विजयी

    नेकपा एमालेमा हालै कमब्याक गरेकी नेतृ रामकुमारी झाँक्री पार्टीको केन्द्रीय सदस्यमा...

एमालेको चुनावी परिणाम, यस्तो बन्यो पदाधिकारी टिम

    नेकपा एमालेको चुनावी मत परिणाम आएको छ । प्यानलगत प्रतिस्पर्धामा अधिकांश...