प्रचण्ड–नेपाल मेरो मृत्यु पर्खेर बसेका थिए : प्रधानमन्त्री ओली



हाम्रो इकोनोमि

 

प्रधानमन्त्री केपी शर्मा ओलीले पुष्पकमल दाहाल, प्रचण्ड र माधवकुमार नेपाल आफ्नो मृत्युमात्रै पर्खेर बसेको गम्भिर खुलासा गर्नुभएको छ । उहाले ओली कहिल मर्छ र त्यो पदमा बस्न पाउला भनेर पर्खिरहेको बताउनु भएको हो ।

युवा संघले शनिवार काठमाडौंमा आयोजना गरेको भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले प्रचण्ड–नेपाल कोही अर्को मरेदेखि पद पाउँथे भनेर बस्ने पात्र भएको बताउनु भयो । ‘यिनीहरुका भविष्यवाणी पुग्ने भए म उहिल्यै मरिसक्थेँ । जब म अप्रेसन गर्न जान्छु यिनीहरुको कहिल्यै उज्यालो नहुने चेहरा पनि उज्यालो हुन्थ्यो । जब म तंग्रिन्छु अनि झ्याप्प बत्ति गएजस्तै अनुहार । मरि हालेदेखि प्रधानमन्त्री र अध्यक्ष हुन्थ्यौं भन्ने थियो ।’

शुरुमा मैथीलीमा भाषण गर्नुभएका प्रधानमन्त्री ओलीले माधव नेपालप्रति कटाक्षा गर्दै मदन भण्डारीको मृत्युपछि आफूले उहालाई महासचिव बनाइदिएको बताउनुभयो । नेपाल कहिल्यै चुनाव जितेर नेतृत्वमा नआएको भन्दै २ ठाउँमा हारेर प्रधानमन्त्री र अध्यक्षमा हारेको भोलिपल्टदेखि अध्यक्ष चाहियो भनेर बार्गेनिङ गरेको आरोप लगाउनु भयो ।

‘दुई ठाउँबाट चुनाव हारेर प्रधानमन्त्री । अर्को कोही मरे महासचिव । अर्को कसैले छाडे अध्यक्ष हुने मौका छोपेर भल छोपेर नेतृत्व हत्याउने ? महाधिवेशन सिद्धिने बित्तिकै मैसँग हारेर अध्यक्ष चाहियो उधारो होइन हाताहाती भन्न थाले । महाधिवेशनसम्म पर्ख न त भन्यो होइन हाताहाती चाहियो भन्ने’, प्रधानमन्त्री ओलीको प्रश्न थियो ।

प्रतिक्रिया दिनुहोस
हुम्लाको दक्षिण क्षेत्रका चार गाउँपालिकामा नुन अभाव

     हुम्लाको दक्षिण क्षेत्रका चार गाउँपालिकाका बासिन्दाले बर्सेनि नुन अभाव झेल्दै आएका...

ओली भेट्न गुन्डु पुगे राष्ट्रपति पौडेल

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली भेट्न राष्ट्रपति रामचन्द्र पौडेल गुन्डु...

इरानसँग चलिरहेको युद्ध चाँडै अन्त्य हुन्छ : ट्रम्प

    अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग चलिरहेको युद्ध चाँडै अन्त्य हुने संकेत...

होर्मुज स्ट्रेट सञ्चालनमा सहयोग नभए नेटोको भविष्य नराम्रो हुनेछ : ट्रम्प

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युरोपेली मुलुकहरूले होर्मुज स्ट्रेट पुन: सञ्चालन लागि...