आन्तरिक पर्यटन पर्वधनमा यति एयरलाईन्स अगाडी



हाम्रो इकोनोमि

 

 

नेपालको पहिलो र ठुलो वायुसेवा कम्पनि यति एयरलाईन्सले आन्तरीक र अन्तराष्टिय पर्यटन पर्वधनमा ठुलो योगदान पुर्याएको छ । २२ बर्ष पहिले स्थापना भएको यति एयरलाईन्सले अन्तराष्टिय उडानपनि सुरु गरेको छ । बिषेशगरी कोरोनाको संकटपछि विदेशी पर्यटक शुन्यको अवस्थामा पुगेको बेलामा यतिले स्वदेशी पर्यटकलाई ध्यानमा राखी बिभिन्न प्याकेजहरु ल्याएको छ । यतिले आफ्नो २२ औं स्थापना दिवसको अवसरमा पनि पर्यटन उद्योगलाई बचाउन तथा आन्तरिक पर्यटनलाई चलायमान बनाउन ‘आन्तरिक पर्यटनका लागि सँगसँगै’ भन्ने नारा सहित सहुलियत दरमा विभिन्न प्याकेज सार्वजनिक गरेको थियो ।

 

 

आन्तरिक पर्यटन उद्योगलाई बचाउने उदेश्यले माउन्टेन फलाईटको आर्कषण प्याकेजहरु ल्याएको छ । यतिकोे माउन्टेन फलाईटबाट बिश्वकै अग्लो हिमाल सगरमाथा, गणेश हिमाल लगाएत अन्य हिमाल, पहाडको अवलोकन गर्न सकिन्छ । बिश्वमा पर्यटन उद्योग सिथिल भएको अवस्थामा यतिले आन्तरिक पर्यटकलाई चलायमान बनाई राखेको छ । आन्तरिक पर्यटन प्रवर्द्धन गरी गतिविधिहरु सूचारु गर्ने लक्ष्यसहित अहिले यतिले पोखरा, एभरेष्ट ट्रेल, मुक्तिनाथ, घान्द्रुक, चितवन र रारालाई लक्षित गरी प्याकेज बनाएको छ ।

 

 

 

 

 

 

 

 

प्रतिक्रिया दिनुहोस
एमाले अध्यक्ष ओली र काँग्रेस सभापति देउवाबीच भेटवार्ता

    नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति...

प्रधानमन्त्री निवास बालुवाटारमा सर्वपक्षीय बैठक

    बालुवाटारमा सर्वपक्षीय बैठक जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेर अघिबाट...

मधेशमा विवादित नियुक्ति: आदेश उल्लङ्घन र पद दुरुपयोग आरोप

मधेश प्रदेशमा सरकार सञ्चालनका क्रममा देखिएको एक बहुचर्चित निर्णय अहिले राजनीतिक, कानुनी तथा...

चुनावको तयारीबारे ब्रिफिङ गर्दै निर्वाचन आयोग

    चुनावको तयारीबारे निर्वाचन आयोगले सरकार र राजनीतिक दलहरूलाई एकसाथ ब्रिफिङ गर्दैछ...