काठमाडौंका सबै जनप्रतिनिधि ओलीतिर



हाम्रो इकोनोमि

 

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा विभाजन आएसँगै दुईमध्य एक पक्षमा कित्ता स्पष्ट गर्ने क्रम जारी छ । केन्द्रदेखि स्थानीयतहसम्म नेकपा ओली पक्ष र प्रचण्ड-माधव पक्षमा विभाजित भइरहेका बेला केपी ओली पक्षले शुक्रवार आयोजना गरेको काठमाडौंका जनप्रतिनिधिहरुको भेलामा करीव दुई तिहाई निर्वाचित प्रतिनिधि सहभागी थिए ।

दुवै समूहले जनतप्रतिनिधि र नेता/कार्यर्तालाई आफ्नो पक्षमा तान्न अधिकतम कोसिस गरिरहेका बेला काठमाडौंका प्रत्यक्ष निर्वाचित सबै तहका प्रतिनिधिलाई आफ्नो कित्ता प्रष्ट पार्न लगाइएको हो । तीनकुनेस्थित रोयल बेंक्वेटमा भएको भेलामा उपप्रधानमन्त्री इश्वर पोखरेलको उपस्थितिमा आफ्ना पक्षका जनप्रतिनिधिहरुको लेखाजोखा ओली पक्षले गर्‍यो ।

दुई तिहाइ जनप्रतिनिधि ओलीतिर

संयोगनै मान्नुपर्छ कि काठमाडौंमा तत्कालिन माओवादीले प्रत्यक्षतर्फ कुनै पनि तहमा जित्न नसकेका कारण विभाजित हुनेमा तत्कालिन एमालेबाट निर्वाचित जनप्रतिनिधिमात्र छन् । शुक्रवारको भेलामा धेरै जनप्रतिनिधि ओली पक्षतिर खुले ।

विघटित प्रतिनिधिसभा सदस्य, प्रदेशसभा सदस्य र स्थानीय निकायका प्रमुख गरि करिब दुई तिहाइ जनप्रतिनिधि ओली पक्षतिर लागेको पाइएको छ। विघटित प्रतिनिधिसभाका ६ सदस्यहरुमध्ये चार जना ओली पक्षतिर र बाँकी दुई जना प्रचण्ड–माधव पक्षतिर खुलेका छन्। त्यस्तै प्रदेशसभाका १६ मध्य जना प्रत्यक्ष निर्वाचित सदस्यहरुमध्य चार जना प्रचण्ड-माधव पक्षतिर छन् । बाँकी १२ जना ओली पक्षतिर खुलेका छन्। स्थानीय तहका धेरैजसो मेयर/उपमेयर पनि ओलीतिरै खुलेका छन् ।

स्थानीय तह

काठमाडौं महानगरपालिका मेयर विद्यासुन्दर शाक्य ओली पक्षीय हुन्। कागेश्वरी मनोहरा नगरपालिकाकामेयर कृष्णहरी थापा प्रचण्ड–माधव पक्षमा लागेका छन् भने उपमेयर विन्दु पुडासैनी ओलीतिर लागेकी छिन्। कीर्तिपुर नगरपालिका मेयर रमेश मर्हजन र उपमेयर सरस्वती खड्का प्रचण्ड–माधव पक्षतिर खुलेका छन्। त्यस्तै चन्द्रागिरी नगरपालिका उपमेयर लिशा नकर्मी ओलीतिर लागेकी छिन्। टोखा नगरपालिकाका मेयर प्रकाश अधिकारी र उपमेयर ज्ञानमाया डंगोल पनि ओलीतिरै खुलेका छन्।

तारकेश्वर नगरपालिका मेयर रामेश्वर बोहोरा ओलितिर लागेका छन् भने उपपेयर भवानी डोटेल धिमाल तटस्थ बसेकी छिन्। नागार्जुन नगरपालिका उपमेयर शुशिला अधिकारी पनि तटस्थ छिन्। बूढानीलकण्ठ नगरपालिका मेयर उद्यव खरेल र उपमेयर रमादेवी राई ओलीतिर खुलेका छन् । शंकरापुरका मेयर सुर्वण श्रेष्ठ ओलीतिर खुलेका छन् भने उपमेयर शुक्रलक्षमी श्रेष्ठ माधव नेपाल पक्षमा उभिएकी छन् ।

प्रतिक्रिया दिनुहोस
एमालेले प्रत्येक मतदान केन्द्रमा ३० जना भोलेन्टियर फोर्स खटाउने

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी निर्वाचनलाई निष्पक्ष र सुरक्षित...

मैले सरकार छाडेपछि देश ड्राइभरबिनाको गाडीजस्तो हुन्छ : ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूले सरकार छाडेपछि देश ड्राइभरबिनाको...

बुथ कब्जा गर्ने कल्पना कसैले नगरे हुन्छ : ओली

    नेकपा एमालेका अध्यक्ष केपी ओलीले पार्टीप्रति प्रश्न उठाउने ठाउँ नै नभएको...

भदौ २४ को बिध्वंशका १० हजार भिडिओ क्लिप संकलन

    भदौ २३ र २४ गतेको घटना छानबिन गर्न गठित गौरीबहादुर कार्की...