प्रचण्डले कांग्रेस नै फुटाउँन खोजेपछि देउवा र पौडेलबीच बोलचाल बन्द



हाम्रो इकोनोमि

 

नेपाली कांग्रेसलाई कानून व्यवसायीहरूले संविधान र विधिको बचाउमा लाग्न सुझाव दिएपछि केन्द्रीय कार्यसमितिको बैठकबाट दोस्रो चरणको आन्दोलनको कार्यक्रम सार्वजनिक भएको छ । वरिष्ठ अधिवक्ता शेरबहादुर केसीसहित एक दर्जन कानून व्यवसायीहरूले कांग्रेसका सह–महामन्त्री डा.प्रकाशशरण महतसँग भेट गरेर कांग्रेसको नेतृत्वमा बनेको संविधान रक्षा गर्नतिर लाग्न दवाव दिएका थिए । कानून व्यवसायीहरूको सुझावलाई डा.महतले तत्काल सभापति शेरबहादुर देउवासँग कुरा गरेर दोस्रो चरणको आन्दोलन घोषणा भएको थियो ।

कांग्रेसले स्थानीय तहका कार्यकर्तालाई क्रियाशील बनाउने गरेर कार्यक्रम बनाएको छ । यी कार्यक्रम आउनुमा कांग्रेस निकटका कानून व्यवसायीहरूको ठूलो भूमिका छ । कांग्रेसलाई सत्ताभन्दा बाहिर रोक्नका लागि कम्युनिस्टहरूले अहिलेको संविधानमा धेरै व्यवस्थाहरू जबरजस्त रुपमा राखेका छन् । सुधारिएको संसदीय व्यवस्था भनिएको छ । विश्वमा कहि नभएको सुधारिएको संसदीय व्यवस्थामा सबैभन्दा ठूलो घाँडो नेकपालाई भएको छ ।

संविधानका अमिल्दा प्रावधानहरूले गर्दा ओलीलाई सरकार चलाउन समस्या भयो । संसद विघटन गरिदिए । संसद विघटन गर्दा नेकपा विभाजन हुन पुगेको छ । ओलीलाई संविधानले संसद विघटन गर्ने अधिकार दिएको छैन । ओलीले ६५ प्रतिशत बहुमतको प्रधानमन्त्रीले संसद विघटन गर्न सक्नेभन्दै तर्कहरू गरेका छन् । चाहे जे भए पनि संविधानमा रहेका धेरै गलत प्रावधानहरूले लोकतन्त्रलाई संरक्षण गर्न समस्या भएको छ ।

कांग्रेसलाई आफ्नो नेतृत्वमा बनेको संविधानको रक्षा गर्नुपर्ने बाध्यता छ । संविधान रक्षा गर्दा विभाजन भएका नेकपाहरू मिल्ने सम्भावना उत्तिकै छ । संसद पुनःस्थापना भयो भने दुबै नेकपा मिलेर सरकार बनाउने सम्भावना ठूलो छ । नेकपालाई मिल्न दिनु हुँदैन भन्ने ठूलो आवाज कांग्रेसमा छ । वरिष्ठ नेता रामचन्द्र पौडेल संसद पुनःस्थापना गर्ने पक्षमा छन् । संसद पुनःस्थापना भयो भने सबैभन्दा ठूलो घाटना केपी ओलीलाई हुनेछ ।

पुष्पकमल दाहाल ‘प्रचण्ड’–माधवकुमार नेपाल समूहले वरिष्ठ नेता रामचन्द्र पौडेललाई उचालेर कांग्रेसभित्र खेल्न खोजेका छन् । दाहाल–नेपाल समूहले पौडेलमार्फत कांग्रेसभित्र अस्थिरता मच्चाउन खाजेपछि सभापति देउवाले कार्यकर्ता र नेताहरूलाई एक ठाउँमा राख्न कानून व्यवसायीहरूको सरसल्लाहअनुसार आन्दोलनको घोषणा गरेका हुन् ।

देउवाले आन्दोलन घोषणा गरेपछि पौडेललाई तनाब भएको छ । देउवालाई सिध्याउन पौडेलले दाहाल–नेपाल समूहको पछाडि लागेका थिए । तर, पौडेल र दाहाल–नेपाल समूहको योजना तत्कालका लागि असफल भएको छ । यस्तो अवस्थामा कांग्रेसले सुझबुझका साथ नेकपालाई मिल्न नसक्ने गरि टाढा बनाउनुपर्छ । संसद पुनःस्थापना हुन नदिएर पेलेरै कांग्रेस अगाडि बढ्नुपर्छ । निर्वाचन समयमा गराउनका लागि आन्दोलनबाट दवाव सिर्जना गर्नुपर्छ । त्यसो गरियो भने कांग्रेसलाई ठूलो मौका मिल्न सक्छ । कम्युनिस्टहरू कमजोर भएर जानेछन् । त्यसको फाइदा कांग्रेसलाई हुनेछ ।

प्रतिक्रिया दिनुहोस
हुम्लाको दक्षिण क्षेत्रका चार गाउँपालिकामा नुन अभाव

     हुम्लाको दक्षिण क्षेत्रका चार गाउँपालिकाका बासिन्दाले बर्सेनि नुन अभाव झेल्दै आएका...

ओली भेट्न गुन्डु पुगे राष्ट्रपति पौडेल

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली भेट्न राष्ट्रपति रामचन्द्र पौडेल गुन्डु...

इरानसँग चलिरहेको युद्ध चाँडै अन्त्य हुन्छ : ट्रम्प

    अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग चलिरहेको युद्ध चाँडै अन्त्य हुने संकेत...

होर्मुज स्ट्रेट सञ्चालनमा सहयोग नभए नेटोको भविष्य नराम्रो हुनेछ : ट्रम्प

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युरोपेली मुलुकहरूले होर्मुज स्ट्रेट पुन: सञ्चालन लागि...