मैले हार खाँए, विधिपूर्वक सत्ता हस्तान्तरण गर्छु : ट्रम्प



हाम्रो इकोनोमि

 

अमेरिकी राष्ट्रपति जो बाइडेन निर्वाचित भएको औपचारिक पुष्टि अमेरिकी कांग्रेसले गरेको छ । आज बिहान सकिएको इलेक्टोरल मतगणनामा बाइडेन राष्ट्रपति र कमला ह्यारिस उपराष्ट्रपतिमा विजयी भएको घोषणा गरिएको हो । संसदले बाइडेनलाई राष्ट्रपतिमा घोषणा गर्नुको अर्थ वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पले नतिजालाई उल्ट्याउन गरेका प्रयास असफल भए भन्ने हो ।

संयुक्त बैठकको अध्यक्षता गरेका उपराष्ट्रपति माइक पेन्सले जितको घोषणा गरेका थिए । बाइडेनले ३०६ र ट्रम्पले २३२ इलेक्टोरल मत प्राप्त गरेका थिए । उनीहरुको पदावधि जनवरी २० देखि सुरु हुने समेत पेन्सले बताए । यो घोषणासँगै अब अमेरिकी राष्ट्रपति निर्वाचित गर्ने प्रक्रिया पूरा भएको छ । पेन्सिलभेनिया र जर्जियामा बाइडेनको जितलाई लिएर रिपब्लिकन सांसदले गरेको अवरोधलाई सिनेटले खारेज गरिदिएको छ ।

संयुक्त सदनले औपचारिक रुपमा घोषणा गरेपछि मात्र नयाँ राष्ट्रपति मानिनेछ । बुधबार राति यही प्रक्रिया पूरा गर्न लाग्दा ट्रम्प समर्थकहरु हतियारसहित संसद भवनभित्र पसेपछि सदनको काम रोकिएको थियो । ४ जनाको मृत्यु भएको उक्त घटनापछि १५ दिनसम्म वासिङ्टनमा संकटकालको घोषणा गरिएको छ ।

विधिपूर्वक सत्ता हस्तान्तरण गर्छु : ट्रम्प

हिंसा भड्किएपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफू विधिपूर्वक सत्ता हस्तान्तरण गर्न तयार रहेको बताएका छन् । गत नोभेम्बरमा भएको चुनावको नतिजाप्रति आफू असन्तुष्ट भएपनि विधिपूर्वक सत्ता हस्तान्तरण गर्ने उनले जनाए ।

उनले भनेका छन्– हामी वैध भोट मात्रै गणना होस् भनेर लडिरहनेछौं । यसले महान कार्यकालको प्रतिनिधित्व पनि गर्छ । हाम्रो अभिनय मेक अमेरिका ग्रेट अगेनको सुरुवात मात्रै हो ।’

प्रतिक्रिया दिनुहोस
खामेनी शनिबार नै मारिएको पुष्टि, ४० दिन शोक घोषणा

    इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनी मृत्यु भएको इरानको राज्य टेलिभिजनले...

नेपालमा कुनै पनि आवरणमा मिसाइलको धुँवा प्रवेश नगरोस् : ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालमा कुनै पनि आवरणमा मिसाइलको...

इरानको एक विद्यालयमा मिसाइल खस्दा १०८ जनाको मृत्यु

     अमेरिका र इजरायलले संयुक्त रुपमा दक्षिणी इरानको एक विद्यालयमा गरेको आक्रमणबाट...

इरानका सर्वोच्च नेता खामेनी मारिएको ट्रम्पको दाबी

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वोच्च नेता अली खामेनी मारिएको दाबी...