मधेसमा प्रचण्ड गुट पत्तासाफ, ओलीको पक्षमा हजारौँ जनता प्रदर्शनमा



हाम्रो इकोनोमि

 

केपी शर्मा ओली पक्षीय नेकपाले आज जनकपुरमा शक्ति प्रदर्शन गरेको छ । मधेसविरोधी आरोप खेपिरहेका प्रधानमन्त्री ओली पक्षले जनकपुरमा शक्ति प्रदर्शन गरेको हो ।

अहिले ओली सरकारमा प्रदेश २ का तीन मन्त्री छन् । पूर्व माओवादी नेता प्रभु साहसमेत लागेपछि ओली पक्षीय नेकपाप्रति जनकपुरबासीको आकर्षण बढेको छ ।

जनकपुरको रेल्वे स्टेशन परिसरबाट सुरु गरेको प्रदर्शनमा ओली समूहका प्रदेश सांसदहरु, मेयर र उपमेयरहरु सहभागी छन् । प्रदर्शन नेकपा प्रदेश कार्यालय मिथिला भवनमा पुगेर सभामा परिणत हुनेछ । सभामा उपप्रधानमन्त्री ईश्वर पोखरेल, मन्त्रीहरु जुली महतो, लीलानाथ श्रेष्ठ र प्रभु साहले सम्बोधन गर्ने कार्यक्रम छ ।

प्रचण्ड–नेपाल समूहले संसदीय दलका नेता सत्यनारायण मण्डललाई आजै हटाउने बताएको छ । नेकपाका प्रदेश इन्चार्जसमेत मण्डल ओली समूहका हुन् ।

प्रतिक्रिया दिनुहोस
हुम्लाको दक्षिण क्षेत्रका चार गाउँपालिकामा नुन अभाव

     हुम्लाको दक्षिण क्षेत्रका चार गाउँपालिकाका बासिन्दाले बर्सेनि नुन अभाव झेल्दै आएका...

ओली भेट्न गुन्डु पुगे राष्ट्रपति पौडेल

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली भेट्न राष्ट्रपति रामचन्द्र पौडेल गुन्डु...

इरानसँग चलिरहेको युद्ध चाँडै अन्त्य हुन्छ : ट्रम्प

    अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग चलिरहेको युद्ध चाँडै अन्त्य हुने संकेत...

होर्मुज स्ट्रेट सञ्चालनमा सहयोग नभए नेटोको भविष्य नराम्रो हुनेछ : ट्रम्प

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युरोपेली मुलुकहरूले होर्मुज स्ट्रेट पुन: सञ्चालन लागि...