काठमाडौंमा आँखा पोल्ने तुवाँलो



हाम्रो इकोनोमि

 

हिजो विश्वकै एक नम्बरमा पुगेको काठमाडौं उपत्याकाको वायु प्रदुषणमा केही सुधार आएको छ।  विश्वका प्रमुख शहरहरुको रियल टाइम वायु प्रदुषणबारे अध्ययन गर्ने आइक्यु एयर डटकमका अनुसार हिजो बेलुकी काठमाडौंको वायु प्रदुषण विश्वकै पहिलो नम्बरमा पुगेको थियो।  आज विहान ८ बजे भने नेपाल प्रदुषित शहरहरुको सूचीमा झरेर ९६ औं स्थानमा पुगेको छ। आइक्यू एयरले वायु प्रदूषणको स्तर ठीक देखाएपनि काठमाडौंको आकाश ढाकेको आँखा पोल्ने तुवाँलो पूर्णरुपमा हटिसकेको छैन्। वायु प्रदुषणले फोक्सोमा असर पुग्ने भएकाले घरबाहिर निस्कँदा अनिवार्य मास्क लगाउन चिकित्सकहरुले आग्रह गरेका छन्।

वायु प्रदूषणले फोक्सोका साथै आँखा र छालालाई समेत असर गर्ने हुँदा जोगिएर हिँड्न सरुवा रोग विशेषज्ञ डाक्टर शेरबहादुर पुनको सुझाव छ। विशेषगरी बालबालिका, ज्येष्ठ नागरिक, दीर्घरोगी र गर्भवती महिलाहरु सकभर प्रदुषण बढेका बेला घरबाहिर ननिस्कँदा राम्रो हुने उनले बताए। चिसो मौसममा निमोनिया र कोरोना संक्रमणका कारण फोक्सोका विरामी बढिरहेका बेला देखिएको उच्चस्तरको बायु प्रदूषणले पनि फोक्सोमा नै असर पु¥याउने हुँदा धेरै सतर्क हुनु जरुरी रहेको उनको भनाइ छ।

प्रतिक्रिया दिनुहोस
सरकारले ओली, देउवा र प्रचण्डको सम्पत्ति छानबिन गर्ने

    तीन पूर्वप्रधानमन्त्रीको सम्पत्ति छानबिन प्रक्रिया अघि बढेको छ । पूर्वप्रधानमन्त्रीहरू शेरबहादुर...

ट्रम्पविरुद्ध लाखौं जनता सडकमा, ३ हजारभन्दा बढी स्थानमा प्रदर्शन

    अमेरिकाका प्रमुख सहरदेखि साना गाउँहरूसम्म राष्ट्रपति डोनाल्ड ट्रम्प र उनको प्रशासनका...

पूर्वमन्त्री दीपक खड्का पक्राउ

  नेपाली कांग्रेसका नेता एवं पूर्व ऊर्जामन्त्री दीपक खड्का पक्राउ परेका छन् ।...

अपरिपक्व ढंगले ओली-लेखक पक्राउ गरियो : पूर्वराष्ट्रपति भण्डारी

     पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले केपी ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ...